News 24 Television
मोदीको सन्देशले सत्तामै सनसनी ! ओलीसँग भित्री कुरा यस्तासम्म !

काठमाडौं । नेपालले सगरमाथा संवाद आगामी जेठमा आयोजना गर्दैछ । यो संवादलाई नेपालले जलवायु परिवर्तन नियन्त्रणका क्षेत्रमा कोशे ढुंगाको रुपमा सावित गर्ने प्रयास गरिरहेको छ । 

संवादमा सहभागिताका लागि विम्स्टेक सम्मेलनमै समेत निम्ता दिइएको छ । तर, सगरमाथा संवादमा छिमेकी मुलुक भारतका प्रधानमन्त्री नै नआउने बताइएको छ । भारतीय प्रधानमन्त्री नआउने कुराले अहिले दुई देशको सम्बन्धका विभिन्न आयामबारे टिप्पणी शुरु भएका छन् ।

प्रधानमन्त्री केपी ओली छैठौं विम्स्टेक सम्मेलनबाट स्वदेश फर्किएका छन् । थाइल्याण्डमा सम्पन्न विम्स्टेक सम्मेलनले ६ बुँदे प्रस्ताव पारित गर्दै बैंकक भिजन २०३० समेत जारी गरेको छ । 

क्षेत्रिय सहयोग र पारस्परिक हितका लागि स्थापित विम्स्टेकमा नेपालले सगरमाथा सम्वादलाई प्रचार पनि गरेको छ । यो संवादलाई नेपालले जलवायु परिवर्तन नियन्त्रणका क्षेत्रमा कोशे ढुंगाको रुपमा सावित गर्ने प्रयास गरिरहेको छ । तर, जेठमा आयोजना हुने सगरमाथा संवादमा छिमेकी मुलुक भारतका प्रधानमन्त्री नै नआउने बताइएको छ । त्यसैले पनि प्रधानमन्त्री केपी ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटवार्ता बढि चर्चामा रहेको छ । 

प्राय मुलुकका प्रतिनिधिमण्डलसँगै भेट्ने मोदीले ओलीसँग एक्लाएक्लै भेटवार्ता गरे । मोदीले ओलीसँग के कुराकानी गरे ? त्यसको विस्तृत सार्वजनिक नभएपनि दुबै नेताहरुले दुई देशको आपसी हितलाई केन्द्रमा राख्दै थप सहकार्य गर्ने भनेका छन् । 

यस्तोमा ओलीले मोदीसँगको भेटलाई अर्थपूर्णमात्रै भनेका छैनन्, मोदीसँगको सम्वाद नयाँ उचाईमा पुगेको समेत भनेका छन् । तर, सगरमाथा सम्वादमा मोदी नआउने कुरा भने अहिले नै सार्वजनिक भएको छ। ओली आफैले मोदी सगरमाथा सम्वादको क्रममा नेपाल नआउने प्रष्ट पारेका छन् । 

ओलीले मोदीसँगको भेटलाई उपलब्धिको रुपमा अथ्र्याएपनि मोदीले थाइल्याण्डबाटै श्रीलंका गएर नेपाललाई नयाँ सन्देश भने पक्कै दिएका छन् । छिमेकी मुलुकले जलवायु परिवर्तनजस्तो गम्भीर मुद्दामा गर्न लागेको सम्वादमा सरकारको तर्फबाट केवल प्रतिनिधि पठाउने भनेका मोदीले किन नेपाललाई प्राथमिकतामा राखेनन् भन्ने प्रश्न र शंकाहरु भने उब्जिएका छन् । 

ओली र भारत भ्रमण

ओलीले मोदी नेपाल नआउने विषयसंगै आफ्नो भारत भ्रमणको विषयमा समेत केहि संकेत गरेका छन् । ओलीले भनेका छन्, फुर्सद नमिलेर भारत भ्रमण नगरेको हो । काँडेतार लगाएर बन्देज गरिएको अवस्था होइन् ।

अर्थात ओलीले यस पटक पनि भारत भ्रमणको औपचारिक निमन्त्रणा पाएनन् । मोदीसँगको वान टु वान वार्ताको क्रममा समेत उनलाई भारत भ्रमणको निम्तो दिइएन् । यसले पनि भारत ओली सरकारप्रति कस्तो दृष्टिकोण राख्छ भन्ने अवस्था देखाउँछ । 

ओलीले भारत भ्रमण गर्नु नगर्नु सामान्य विषय भएपनि भारतीय पक्षले नेपालमा कोही व्यक्तिले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने वित्तिकै गर्ने निमन्त्रणा र पहिलो पटक भारतबाटै औपचारिक भ्रमण होस भन्ने चाहना राख्ने विषय कतै लुकेको छैन् । तर, भारतले ओलीलाई निमन्त्रणा नदिएर एकखाले पर्खाल खडा गर्न चाहेको देखिन्छ । जुन विषयमा सधैं अनेक टिप्पणी समेत हुने गर्छ ।

ओलीले गरेको संकेत के ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा सम्वादमा सहभागी नहुने विषयलाई ओलीले किन समाचारको विषय बनाए ? यसमा अनेक प्रश्न र चासो देखिन्छन् । जेठमा हुने सगरमाथा सम्वादका लागि नेपालले गर्ने तयारी र विदेशीहरुलाई दिने निमन्त्रणामा ओलीको यो अभिव्यक्तिको अर्थ के हुनसक्छ ? तमाम विषयकाबीच ओलीले यस्तो भन्नुमा सरकारको स्थिरतासँग समेत जोड्न खोजिएको छ । 

ओली सरकारको स्थिरतामा उठेका प्रश्न र ओलीले दिएको अभिव्यक्तिको तालमेल जुराउने प्रयास चल्न थालेका छन् । आफू प्रधानमन्त्री हुँदा सफल नभए अर्को स्थिति आउने अवस्था नबनोस भन्ने मनशायका साथ यो अभिव्यक्ति आएको त होइन ? शंका र चासोहरु देखिएका छन् । 

अझं, ओलीले आफू फुर्सदमा नभएकै कारण भारत भ्रमण हुन सकेन भन्दै अर्को रोचक दाबा गरेका छन् । भारतले औपचारिक निमन्त्रणा नै नदिई जाने कुरा पनि भएन् । तर, केहि संकेत मिलेकै कारण ओलीले समयको विषय उठाएर भारतले गरेको व्यवहारको प्रष्ट संकेत भने दिएका छन् । 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update