News 24 Television
काठमाडौं ‘खतरनाक’ अवस्थामा ! ‘लक डाउन’ गरिदै !

काठमाडौं । काठमाडौं उपत्यकामा उच्च खतरा देखिएको छ । काठमाडौंमा अहिले सास फेर्दा पनि खतरा बेहोर्नु पर्ने स्थिति बन्न पुगेको हो । 

वायु प्रदूषण चरम विन्दुमा पुगेकाले अति आवश्यक कामबाहेक घरबाहिर निस्किन समेत बन्देज लगाउनु परेको छ । विहानी समयमा त झनै डरलाग्दो अवस्था देखिने गरेको भन्दै सरकारले अति आवश्यक हुँदा मात्रै घरबाहिर निस्किन अनुरोध गरेको छ । 

  के तपाई काठमाडौंमा बस्नुहुन्छ ?

–    यदि काठमाडौंमा बस्नुहुन्छ भने तपाईको ज्यान खतरामा छ ! अहिले सकेसम्म घरबाट बाहिर ननिस्किनु नै तपाईका लागि राम्रो हुन्छ । अन्यथा अस्पतालको चक्कर लगाउनु पर्ने हुनसक्छ ! ज्यानै जानेसम्मको खतरा बेहोर्नुपर्ने हुनसक्छ ! 

–    तपाईको सास रोकिन सक्छ ! स्वासप्रश्वास  बढ्न सक्छ ! आँखा पोलेर सहनै नसक्ने हुनसक्छ ! शरिर लुलो भएर ढल्न सक्ने जोखिम छ ! अनि मुटु रोग भएकालाई त झन् ज्यानै जाने खतरा देखिएको छ ! 

काठमाडौं उपत्यकामा मानव जीवननै खतरामा पर्ने स्थिति सृजना भएको छ । सरकारले नै काठमाडौं खतरनाक अवस्थामा पुगेकाले आफ्नो ज्यान जोगाउन अपिल गरिसकेको छ । सास फेर्दा समेत शरिरमा मन्द विष समान हावा फैलिन थालेपछि काठमाडौंमा बस्नै खतरा हुन थालेको हो । 

स्वास्थ्यका दृष्टिले स्थिति कतिसम्म गम्भिर भइसकेको छ भने अब वायु थप विग्रिए काठमाडौंवासी लकडाउन हुनुपर्ने अवस्था आउन सक्नेछ । जसको संकेत सरकारले गरिसकेको छ । अति आवश्यक काम बाहेक सकेसम्म बाहिर ननिस्किन भनि स्वास्थ्य मन्त्रालयले अपिल गरिसकेको छ । 

मन्त्रालयले विज्ञप्ति नै जारी गरि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सतर्क गराएको हो । 

प्रदूषणले भयावह अवस्था !

-    हाल काठमाडौँमा वायु प्रदूषणकोस्तर तीन सय ४८ एक्यूआई पुगि ‘खतरनाक’ अवस्थामा

-   विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा 

-    विहीबार काठमाडौं त विश्वमै प्रदूषण उच्च भएको शहरको दोस्रो नम्बरमा 

-    प्रदूषणमा पछिल्ला केही दिनयता लगातार पहिलो र दोस्रो नम्बरमा छ काठमाडौं 

प्रदूषणको खतरा थाहा पाउने कसरी ?

-    एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, 

-   ५१ देखि एक सयसम्म ‘सामान्य’

-   एक सय एक देखि एक सय ५० सम्म ‘सम्भावित जोखिम’

-    एक सय ५१ देखि दुई सयसम्म ‘अस्वस्थकर’ 

-    दुई सय एकदेखि तीन सयसम्म ‘अत्यधिक अस्वस्थकर’  

-    तीन सय एकभन्दा माथि ‘खतरनाक’ 

-    हाल काठमाडौँमा वायु प्रदूषणकोस्तर तीन सय ४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको स्वास्थ्य मन्त्रालयको सूचना

काठमाडौंमा के–के हुनसक्छ ? कसले बढी सावधान हुने ? 

  - दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या भयावह हुनसक्ने सम्भावना

-    संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीले त विशेष सतर्कता अपनाउनु पर्ने 

ज्यान जोगाउन अब के गर्ने ?

-    काठमाडौंमा ज्यान जोगाउन अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किने 

-   यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन 

-    अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजाने 

राष्ट्रिय विपद् जोखिमले बजायो खतरा जनाउ घण्टी !

-   राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायु प्रदूषण नियन्त्रण बाहिर गएकाले नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्न अनुरोध गरेको छ । 

-  स्वास्थ्यमा विशेष सतर्क रहन अनुरोध गरेको छ ।

-    उद्योग, व्यवसाय, निर्माणसम्बन्धि काम सञ्चालन गरिरहेका निकायलाई वायु प्रदूषण न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन आग्रह 

-    सार्वजनिक यातायातको कम प्रयोग, फोहरको उचित व्यवस्थापन, निर्माण कार्यमा धुलो रोकथाम गर्ने उपाय अवलम्बन गर्न तथा वन डढेलो नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय र प्राधिकरणले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
सरोकारवालालाई निर्देशन, जनतालाई सचेत !

-    राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित निकायहरुलाई वायु प्रदूषणमापन गरि तत्काल सुधारका उपाय अपनाउन सरकारमार्फत निर्देशन दिएको छ । 

-   आमनागरिकलाई व्यक्तिगत सावधानी अपनाउन, मास्कको प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह 

गर्मी मौसम बढ्दै जाँदा बढ्दो वन डढेलो, सडक निर्माण, आँैंद्योगिक क्रियाकलापलगायत कारणले वायु प्रदूषणकोस्तर उच्च हुँदै गएको छ । अवस्था यहि गतिमा अघि बढे, तत्काल नियन्त्रणका प्रयास नगरे काठमाडौंमा लकडाउन नै गर्नु पर्ने अवस्था आउने देखिएको विज्ञहरुले औल्याइरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update