News 24 Television
रविलाई सभामुखको जवाफ– तपाईंको निलम्बन फुकुवा गर्न सक्दिनँ

काठमाडौँ । सभामुख देवराज घिमिरेले रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न नसक्ने बताएका छन् । मंगलबार सभामुखलाई भेटेर रवि सहित रास्वपाको टोलीले सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेको थियो ।

रविले निलम्बन फुकुवाको मागसहित दोस्रो पटक सभामुखलाई भेटे पनि निराश भएर फर्कनुपरेको छ । जवाफमा सभामुख घिमिरेले कानूनतः रविको सांसद पद निलम्बन भएकाले आफूले चाहेर मात्र फुकुवा गर्न नसक्ने बताए । उनले भने, ‘तपाईंको सांसद पद सभामुखले निलम्बित गरेको अवस्था होइन, यो कानुनतः निलम्बित भएको हो । त्यसकारण मैले निलम्बन फुकुवा गर्न सक्दिनँ, यो कुरा कुरा बुझिदिनुपर्‍यो ।’

सो क्रममा रविले सम्पत्ति शुद्धीकरणको मुद्दा राजनीतिक हतियार बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।  उनले राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा भोलि यो हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुनसक्ने सम्भावना रहने बताए ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update