
काठमाडौं । चैत १५ गते राजावादी आन्दोलनमा सरकारले सुनियोजित तरिकाबाट दमन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले बहुदलीय ब्यवस्थामा सबैको स्थान हुने बताएका छन् । राजावादी आन्दोलनलाई सरकारले दमन गरेको भन्दै राणाले सो आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थागत सम्वन्ध नभएको दाबी गरे ।
सरकारले गरेको दमन तथा हस्तक्षेप निन्दनीय रहेको भन्दै राणाले पूर्वराजालाई अनावश्यक दवाव दिनु र नियन्त्रण गर्र्नु सरकारको इमान्दारिता नभएको जिकिर गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा वरिष्ठ राजनीतिज्ञ पशुपतिशमसेर राणाले आइतवार महाराजगञ्जस्थित निवासमा पत्रकारहरुसंग कुराकानी गदै चैत १५ गतेको घटनामा राप्रपाको संस्थागत भूमिका नभएको बताए । केही साथीहरु ब्यक्तिगत रुपमा सहभागी भए पनि त्यसमा राप्रपाको कुनै पनि आधिकारिक संलग्नता नरहेको उनको तर्क छ ।
वरिष्ठ नेता राणाले आन्दोलनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महासचिव धवल शमशेर राणा लगायतलाई गम्भीर प्रकृतिको मुद्धा चलाउनु आपत्तीजनक भएको बताए । आन्दोलनको नाममा राप्रपाका केही नेताहरुलाई गम्भीर प्रकृतिको मुद्धा चलाउँदा मुलुकमा द्धन्द बढ्ने र यसको दोष काम सरकारमाथि आउन पनि उनले जिकिर गरे ।
राजावादी आन्दोलनमा जनकमाण्डर भनिएका दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा राप्रपाको कुनै पनि खालको सम्लग्नता नभएको स्पष्ट गदै वरिष्ठ नेता राणाले प्रसाईको राष्ट्रिय प्रजातन्त्र पार्टीमा कुनै पनि किशिमको आवद्धता नरहेको बताए ।
आन्दोलनमा पत्रकार तथा आमनागरिकको अकालमा ज्यान गएको र केही मिडिया हाउस र ब्यापार ब्यवसायमा तोडफोड गर्नु आपत्तीजनक कार्य भएको उनको भनाइ छ । सरकारले जनताको सुरक्षा दिन नसकेको भन्दै राणाले एमाले कांग्रेस लगायतका ठुला दलहरुमा राज्य संञ्चालनमा इमान्दारिता र दक्षता नभएको आरोप लगाए ।
सरकारले पूर्व राजाको सेवा सुविधा कटौती गर्दा र अनावश्यक हस्तक्षेप गर्दा विद्रोहको खतरा रहेको भन्दै सरकारको कमजोर कार्यशैलीबाट मुलुक थप समस्यामा पर्ने राणाको भनाई छ ।
मुलुकमा पछिल्लो राजनीतिक गतिविधिले थप हिंसा र अराजकता बढाउन सक्ने आशंका गदै वरिष्ठ राजनीतिज्ञ राणाले सरकार र ठुला दलहरुले सबै पक्षको भूमिकालाई आत्मसाथ गर्न सकेनन् भने थप दुर्धटना हुन सक्ने चेतावनी दिए ।
मुलुक राजनीतिक दन्द्ध र भिडन्तमा पर्न सक्ने अहिलेको कठिन अवस्थामा सरकारले वार्ता र संवादबाट अहिलेको राजनीतिक अवस्थालाई निकास दिन सक्नु पर्ने उनको सुझाव छ ।