न्यूज २४ प्रतिष्ठानद्वारा पत्रकार सुरेश रजक मारिएको विषयमा छानविन गर्न माग (विज्ञप्तिसहित)
काठमाडौं । नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठान शाखाले पत्रकार सुरेश रजकलाई आगोमा जलाएर मार्नेलाई कडा कारबाहीको माग गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष कृष्णकुमार कन्द्ङ्वाले शनिबार विज्ञप्ती जारी गर्दै पत्रकारको ज्यान लिने गरि गरिएको हिंसाको भत्सना समेत गरेका छन् । घटनाको छानविन गरि दोषिलाई तत्काल कारबाही गर्न प्रतिष्ठानले माग गरेको छ । साथै शान्ति भंगगरि अशान्ति मच्चाउने र हिंसाको जग बसाउने कुनै पनि किसिमका आन्दोलनलाई स्वीकार गर्न नसकिनेतर्फ सबै सजग हुन आग्रह समेत गरिएको छ ।
यसबीच, राजावादीहरुले आगो लगाउदा मारिएका पत्रकार सुरेश रजकलाई न्यायको माग गर्दै नेपाल पत्रकार महासंघले शनिबार विहान प्रदर्शन गरेको छ । महासंघले चरणबद्ध आन्दोलनको घोषणा समेत गरेको छ ।
विज्ञप्ति
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१ ०९:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय