News 24 Television
सरकार र राजावादीको रस्साकस्सी चर्किने संकेत, छुट्लान रवीन्द्र र धवल ? 

काठमाडौं । शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन अराजक बन्दा एक पत्रकार सहित २ जनाले ज्यान गुमाए भने करोडौंको भौतिक क्षती पुग्यो । 

प्रदर्शनकारी र प्रहरीबीच मुठभेड हुदाँ सयौंको संख्यामा घाइते हुन पुगे । अहिले यस घटनाको जिम्मा सरकारले प्रदर्शनकारीले लिनु पर्ने बताई रहेको छ भने राप्रपाले यसको जिम्मा सरकारले लिनु पर्ने भनेको छ । 

तिनकुनेमा भएको राजावादीहरुको प्रदर्शन हिंस्रक बन्दा एक सञ्चारकर्मी सहित २ जनाले ज्यान गुमाउनु पर्याे । भौतिक क्षति तर्फ हेर्दा तिनकुनेमा रहेका दर्जन भन्दाबढी व्यवसायीक मलहरुमा तोडफोड भएका छन् भने बालकुमारी क्षेत्रमा मात्रै सरकारी र निजि गरि ६ भन्दा बढी सवारी साधान प्रर्दशनकारीको निशानामा परेर ध्वस्त परेका छन् । 

तीनकुने क्षेत्रमा शनिबार दिनभर भएको झडपपछि प्रदर्शनकारी र प्रहरी बिचको झडपको सबै भन्दा बढी मार आफुहरुलाई परेको व्यवसायीहरु बताउँछन् । 

यसरी भीड र प्रहरी प्रशासन दुवैले संयम्ता घुमाउँदा भएको क्षतीको भने सरकार र आन्दोलनरत दुवै पक्ष जिम्मेवारी लिने तर्फ देखिदैनन् । सरकारी पक्ष प्रदर्शनकारीहरुले जिम्मावारी लिनु पर्ने बताई रहेको छ भने आन्दोलनरत पक्षले सरकारले नै प्रदर्शनमाथि घुसपैठ गरेकाले यसको जिम्मा सरकारले नै लिनु पर्ने भनिरहेको छ । 

शुक्राबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर सरकारले घटनाको बिषयमा छानबिन गर्ने र दोषी उपर कारवाही गरिने जनाएको छ । राजावादीहरु नै यसको मुख्य जिम्मेवारी हुनेसरकारवादी दलहरुको भनाई छ ।

आन्दोलनमा सरकारी पक्षबाटै गुसपैठ भएको बताए पनि केही कमजोरी आन्दोलनको कमाण्डरबाट पनि भएको राजावादीहरुको स्किारोक्ती छ । कमाण्डरले समर्थकहरुलाई नियन्त्रण गर्न नसक्दा र सरकारी पक्षले संयम्ता अपनाउन नखोज्दा यो अवस्था आएको उनीहरु बताउँछन् । 

यता शनिबार बसेको राप्रपाको बैठकले मन्त्रीपरिषद्को बैठक पछि पक्राउ परेका राप्रापाका नेताहरुलाई २४ घन्टा भित्र छाड्न सरकारलाई अल्टिमेटमा दिएको छ । २४ घन्टा भित्र रिहाइ नभए ७७ जिल्लाबाटै आन्दोलन चर्काउने उनीहरुको चेतावनी छ । 

शुक्राबार राजावादीको प्रदर्शन अराजक बनेपछिको घटनाको जिम्मेवारी एकले अर्काे पक्षको टाउकोमा राखेर अगाडि बढ्दा आगामि दिनमा मुलुकमा व्यवस्थाको बिषयलाई लिएर अझै द्वन्द्व चर्कीने देखिन्छ । मुलुमा लामो त्याग तपस्या र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई रक्षा गर्ने हो भने सरकारले गम्भिर बन्दै जनपक्षिय कदम चाल्नुको बिकल्प देखिदैन ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update