
काठमाडौं । प्रधानमन्त्री केपी ओली आफ्ना अडानबाट पछि हट्न थालेका छन् । गणतन्त्रविरुद्धको आन्दोलन र त्यसबाट सिर्जित अवस्थाका कारण पनि प्रधानमन्त्री ओली अडान कायमै राख्दा समस्या सिर्जना हुनेतर्फ सचेत बनेको देखिन्छ । तर, ओलीले किन यस्तो गर्न खोजे त ?
केपी ओली, आफ्नै शैली, अडान र वचनका कारण उनीमाथि अनेक टिप्पणी हुने गर्छ । यही शैली अपनाउदै गर्दा आफूले चाहेको काम गर्न जस्तोसुकै तहमा उत्रिने ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको निर्णयपछिको स्थिति सम्हाल्नुको सट्टा केहि समय चर्काउन खोजेका थिए । तर, प्रतिपक्षी दलहरुले संसदमा जवाफ खोज्दै अवरोध कायम राख्न थालेपछि उनी पछि हटेका छन् । ओलीले संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
चैत्र १८ गतेको संसद बैठकमा प्रधानमन्त्री केपी ओलीले कुलमान घिसिङलाई पदबाट हटाएको विषयमा जवाफ दिनेछन् । तर, बुधबारमात्रै ओलीले जवाफ दिन आवश्यक नभएको जिकिर गरेका थिए । ओलीले भनेका थिए, एउटालाई हटायो, अर्कोलाई नियुक्त ग¥यो । सक्कियो । जवाफ यहि हो ।
ओलीले यस्तो जिकिर गरेपछि प्रतिपक्षीले यो विषयलाई थप चर्काएका थिए । संसद बैठकमा अवरोध गरिरहेका थिए ।
तर, संसदको अवरोध खुलाउनका लागि ओलीले लचकता अपनाएका छन् । यसको कारणमा राजावादी शक्तिले गरेको प्रदर्शन र त्यसबाट सिर्जित अवस्थाको सामना मिलेर गर्नुपर्ने स्थिति नै देखिन्छ ।
सर्वोच्चमा मुद्दा
कुलमान घिसिङले आफूलाई सरकारले गैरन्यायिक ढंगले पदबाट हटाएको भन्दै रिट हालेका छन् । सर्वोच्चले घिसिङको मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै अन्तरिम आदेश जारि गरेन् । भने हितेन्द्रदेव शाक्यको मुद्दालाई संगै राखेर सुनुवाई गर्न आदेश गरेको छ ।
यो विषय अदालतको क्षेत्राधिकारभित्र गइसकेकाले अब संसदमा गरिरहेको प्रदर्शन र विरोधको अर्थ हुन्छ । यो कोणबाट समेत प्रश्न भने गर्न थालिएको छ ।
सर्वोच्चमा कुलमान र हितेन्द्रको मुद्दाको सुनुवाईसंगै हुने भएपछि अब यो विषय कसरी अघि बढ्ला भन्ने वषय समेत चासोमा छ । तर, चार वर्ष न्याय नपाएका हितेन्द्रजस्तै कुलमानको मुद्दा लम्बिएला ? सर्वसाधारणले चासोका साथ हेरिरहेका छन् ।