News 24 Television
तीनकुने प्रदर्शनका क्रममा एक पत्रकारसहित २ जनाको मृत्यु, १५ सुरक्षाकर्मी घाइते 

काठमाडौँ । तीनकुने क्षेत्रमा शुक्रबार भएको अराजक प्रदर्शनका क्रममा एक जना पत्रकार सहित २ को मृत्यु भएको छ । तीनकुनेस्थित एक व्यवसायिक भवनमा प्रदर्शनकारीले आगजनी गरेपछि सो भवनको छतमा रहेको एभिन्युज टिभीका पत्रकार  सुरेश रजकको मृत्यु भएको जनाइएको छ । भिडियो खिचिरहेका उनको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजावादी प्रदर्शनका क्रममा गोली लागेका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । घाँटीमा गोली लागेका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

सो प्रदर्शनका क्रममा भएको झडपमा करिब १५ जना सुरक्षाकर्मी घाइते भएको गृहमन्त्रालयले जनाएको छ । प्रदर्शनकारीतर्फ दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएको जनाइएको छ । 

उक्त प्रदर्शनका क्रममा भएको विभिन्न आगजनी, लुटपाट तथा तोडफोडको क्षतिको यकीन विवरण आउन बाँकी छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update