News 24 Television
राजावादी प्रदर्शनका क्रममा एक जनाको मृत्यु 

काठमाडौँ । राजावादी प्रदर्शनका क्रममा गोली लागेको एक युवकको मृत्यु भएको छ । घाँटीमा गोली लागेका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

शुक्रबार दिउँसो तीनकुने क्षेत्रमा भएको अराजक एवं हिंसात्मक प्रदर्शनका क्रममा उनलाई गोली लागेको थियो । गोली लागेर घाइते भएपछि महर्जनलाई उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update