मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
-1732715935.jpg)
काठमाडौँ । राजावादी समूहको आन्दोलन उग्र बनेपछि प्रधानमन्त्री केपी ओलीले काकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
राति ८ बजे बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । शुक्रबार तीनकुनेमा राजावादी पक्षधरले आयोजना गरेको प्रदर्शन हिंसात्मक र अनियन्त्रित बनेपछि सो क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ ।
उत्पन्न परिस्थितिको समीक्षा गरी आगामी रणनीति तय गर्नका लागि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय