विमानस्थल वरपर आगोका कारण उडान अवतरण ठप्प

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र आसपास आगो लगाइएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।
अराजक रुपमा आगजनी गर्दै हिँडेका प्रदर्शनकारीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडि आगो सल्काएका थिए । उक्त आगो विमानस्थल परिसरभित्रसम्म सल्किएपछि विमानस्थल बन्द गराइएको छ ।
विमानस्थ बन्द भएसँगै आन्तरिक तथा बाह्य उडान र अवतरणहरु ठप्प भएका छन् । अन्तर्राष्ट्रिय उडानहरु आकाशमै होल्ड गरिएको जनाइएको छ ।
विमानस्थल सुरक्षित नै रहे पनि त्यस आसपास विभिन्न क्षेत्रमा आगजनी भएका कारण सुरक्षाको प्रत्याभूति नभईन्जेल विमानस्थल सञ्चालन हुन नसक्ने प्राधिकरणका कर्मचारी बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय