News 24 Television
कर्फ्यु आदेशपछि पनि आगजनी जारी, एमाले कार्यालयतर्फ सोझियो हूल

काठमाडौँ । तोडफोड र आगजनी गर्दै हिँडेको अराजक हूल कर्फ्यु आदेशपछि पनि रोकिएको छैन । नेकपा एमालेको कार्यालय रहेको च्यासलतर्फ अघि बढेको हूलले कार्यालय नजिकै ट्याक्सीमा आगजनी गरेको छ । 

बानेश्वर र तिनकुने क्षेत्रमा नेकपा एकीकृत समाजवादीको कार्यालय लगायत व्यावसायकि भवन तोडफोड र आगजनी गर्दै हिँडेको हूल कर्फ्यु आदेशपछि बालकुमारी तर्फ अघि बढ्यो । तीनकुनेबाट लखेटिएको हुलले बालकुमारी पनि सवारी साधन जलाएको छ । 

नेतृत्वविहीन प्रदर्शनकारी हूलले यसअघि कोटेश्वरस्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा पनि आगजनी प्रयास गरेको थियो । सोही छेउमा गाडी र मोटरसाइकमा आगो लगाएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update