गणतन्त्रवादीको पनि व्यापक प्रर्दशन
काठमाडौं । गणतन्त्रवादी पक्षधरहरुले काठमाडौंको प्रदर्शनी मार्गमा व्यापक प्रदर्शन गरिरहेका छन् । समाजवादी मोर्चाको अगुवाईमा मोर्चा आबद्ध दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी नेसपा र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा गणतन्त्रको पक्षमा प्रदर्शन गरिरहेका हुन् ।
प्रदर्शनीमार्गमा विभिन्न स्थानबाट आएका गणतन्त्रवादी पक्षधरका जुलुस सामेल भएका छन् । उनीहरुले 'यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गरौँ, गणतन्त्रको सम्बद्र्धन र राष्ट्रिय स्वाधिनताको संरक्षण गरौँ', लगायतका व्यानर बोकेर प्रदर्शन गरिहरको हुन् । उक्त सभालाई माओवादी, नेकपा एस तथा अन्य विभिन्न नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १४:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय