News 24 Television
तीनकुनेमा तितरबितर, दुर्गा प्रसाई मञ्चमा आएर सम्हाल्न खोजे 

काठमाडौँ । तीनकुनेस्थित राजावादी प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले गर्दा केहीबेर भीड तितरबितर भयो । प्रदर्शनकारीले ढुंगामुढा गरे गरे भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गर्यो । यसले मञ्चमा पुगिसकेका राजावादी वक्ताहरु समेत बाहिरिए । तर पछि कमाण्डको जिम्मा पाएका दुर्गा प्रसाई मञ्चमा आएर भीड सम्हाल्ने प्रयास गरेका छन् ।

अराजक भीडले व्यक्तिका घरघरमा समेत ढुंगामुढा बर्साएका छन् । तर मञ्चमा पुगेर प्रसाईले सम्हालिन आग्रह गरेपछि तितरबितर भएको भीड एकत्रित हुन थालेको छ । सभा नै बिथोलिएपछि तिनकुने क्षेत्र तनावग्रस्त भएको थियो । नेतृत्वविहीन भीड ज्यादा अराजक बन्दा सभा सुरु नहुँदै बिथोलिन पुगेको हो । सो क्रममा प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको छ भने केही प्रदर्शनकारी घाइते भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update