News 24 Television
नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । यसअघि नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि ज्ञवलाी कामु सीईओ बनेका हुन् ।

बुधबार बसेको नबिल सञ्चालक समितिको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गरेर ज्ञवालीकाे बढुवा गरेकाे हाे । ज्ञवाली वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेर साेही बैंकमा कार्यरत थिए । 

नेपाल राष्ट्र बैंककाे सम्भावित गभर्नरका लागि चर्चामा रहेका ढुंगानाले यही चैत १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । उनी नेपाली काँग्रेसकाे काेटाबाट गभर्नरका लागि सिफारिस हुनसक्ने चर्चा छ । 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update