News 24 Television
चल्न सकेन प्रतिनिधिसभा बैठक, भोलिसम्मका लागि स्थगित 

काठमाडौँ । विपक्षीको निरन्तर अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बुधबार बिहान ११ बजेका लागि  बोलाइएको समयमै सुरु हुन सकेन । बैठकमा विपक्षी दलहरुले आक्रामक विरोध जनाएपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो । 

दिउँसो ३ बजेका लागि सूचना निकालेर पुनः बैठक सुरु गरे पनि विपक्षी दलहरुले अवरोध जारी नै राखे । विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई सरकारले अनाहक हटाएपछि यसको विरोध संसदमा पनि देखिएको हो ।

कुलमानलाई हटाउनुको चित्तबुझ्दो जवाफ प्रधानमन्त्री केपी ओलीले संसदमै उभिएर दिनुपर्ने विपक्षीहरुको माग छ । जवाफ चित्त नबुझेमा पनि संसद अवरोध जारी राख्ने उनीहरुले बताएका छन् ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । यसकाे सडक, सदन र सामाजिक सञ्जाल सबैतिर विराेध जारी छ । 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update