News 24 Television
१३ औँ भीमबहादुर तामाङ स्मृति कप भलिबल प्रतियोगिता सुरु

दोलखा । नेपाली काङ्ग्रेसका नेता स्व. भीमबहादुर तामाङको १३ औं स्मृतिमा आयोजित बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

नेपाली काङ्ग्रेस दोलखा क्षेत्र नम्बर १ प्रदेश "क" को आयोजनामा आयोजित प्रतियोगिता जिल्लाको बैतेश्वर गाउँपालिका तीनस्थित मिर्गे बजार प्राङ्गणमा सुरु भएको हो ।

काङ्ग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले उद्घघाटन गरेको प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाहरुबाट नौ टिमले सहभागीता जनाएको छ । उद्घाघाटन सत्रको आजको पहिलो खेल सिन्धुली र रामेछापबीच प्रतिस्पर्धा हुँदैछ ।

पुरस्कार राशी प्रथम हुने टिमलाई ४ लाख, द्वितीय हुनेलाई २ लाख, तृतीयलाई १ लाख र सान्त्वना टिमलाई ५० हजार रहेको छ । प्रतियोगिता आगामी चैत १६ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update