
पर्सा । लामो समयसम्मको आर्थिक मन्दीबाट बल्ल–बल्ल माथि उक्सिने क्रममा रहेका उद्योगहरुमा पुनः लोडसेडिङको हल्लाले त्रास फैलाइदिएको छ । यहि कारण उद्योगहरुको उत्पादनमा नै कटौति शुरु भइसकेको छ । उत्पादन कम भएपछि अब यसको सिधा असर आमसर्वसाधारणले भोग्नु पर्नेछ । बिजुली नहुँदा उद्योगको उत्पादन खर्च बढ्ने हुँदा त्यसको भार स्वत उपभोक्तालाई पर्छ ।
भारतबाट विद्युत् आयात कटौती भएपछि सुनसरी, मोरङ, बारा, पर्सा लगायत कोरिडोरका उद्योगमा अहिले ११ केभीए प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योगमा दैनिक ७÷८ घण्टा कटौती भइरहेको छ । ३३ र ६६ केभीए प्रसारण लाइनमा १२ घण्टासम्म लाइन कटौती भइरहेको उद्योगीको गुनासो छ ।
अहिले नै औद्योगिक क्षेत्रमा न्यनतम ७ । ८ घण्टादेखि अधिकतम् १२ घण्टासम्म लोडसेडिङ भइरहेको छ । यसै कारण उद्योगको उत्पादनमा पनि २५ देखि ३० प्रतिशतमा झरेको छ ।
कोशी प्रदेशमा अहिले करिब २ सय ९० मेगावाट विद्युत आवश्यक रहेको छ । यस मध्ये कोशी कोरिडोरबाट २५ मेगावाट र कावेली कोरिडोरबाट ३५ मेगावाट गरी ६० मेगावाट मात्र विद्युत आपूिर्त भईरहेको छ । बाँकी करिब २ सय ३० मेगावाट विद्युत आर्पूिर्त मुजफ्फरपुर ढल्केवरबाट गर्राईरहेकोमा एक सातादेखि विद्युत आर्पूिर्त नहुँदा समस्या भएको नेपाल विद्युत प्राधिकरण दुहबी ग्रीड महाशाखाले जनाएको छ ।
एक मीनेटको लोडसेडिङ्का कारण कम्तीमा १० लाखको क्षति हुने भएपछि आजित भएका वीरगञ्जका व्यवसायी सुरेश कुमार रुंगटाले २ मेघावाटको आफ्नै पावरप्लान्ट स्थापना गरेका छन् । धानको भुसबाट पछिल्लो ५ वर्षदेखि सञ्चालन हुँदै आएको पावर प्लान्टका कारण उनले लोडसेडिङमा पनि सरकारको विजुलीको भने भर पर्नु पर्दैन ।
भारत र बंगलादेश विद्युत् निकासीको कुरा गर्ने सरकारले आपूर्ति व्यवस्थापन मिलाउन नसक्दा स्वदेशी उद्योगको उत्पादन नै अस्तव्यस्त अवस्थामा छ । नेपाल विद्युत् प्राधिकरण, वीरगञ्जका प्रमुख अवधेश दुवेले भारतबाट आयात घटेकाले करिडोरका उद्योगमा कटौती गर्नुपरेको प्रतिक्रिया दिए । उनले आन्तरिक माग १९ सय मेगावाट रहेकोमा ५ सय मेगावाट बिजुली आयातको भरमा आपूर्ति भइरहेको बताउछन ।
एकातिर सरकारले उद्योग धन्दा खोलौ र उत्पादनमा जोड दिऔँ भन्छ भने अर्कोतर्फ बिजुली नदिँदा भएकै उद्योग पनि संकटग्रस्त अवस्थाबाट गुज्रिरहेका छन् ।