News 24 Television
घमेसको जवानीमा वितेको पल मिठो सार्वजनिक (भिडियो)

काठमाडौं । गायक घमेस दुलालले जवानीमा वितेका पल मिठो बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । चर्चित गायक दुलालले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा शारदा रसाइलीले स्वरमा साथ दिएकी छन् ।

अशोक कुमार सापकोटाको शब्द, अमन दुलालको संगितमा तयार पारिएको गीतलाई दिनेश डाँगीले निर्देशन गरेका छन भने लक्ष्मी सुनार र दीपेन्द्र सुनमको अभिनय रहेको छ । 

भिडियोः

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update