News 24 Television
क्यानडाका प्रधानमन्त्रीले आह्वान गरे प्रारम्भिक चुनाव

एजेन्सी । क्यानडाका नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नीले गभर्नर जनरल मेरी साइमनलाई संसद भंग गर्न र अप्रिल २८ मा प्रारम्भिक चुनावको आह्वान गरेपछि क्यानडा चुनावी अभियानमा प्रवेश गरेको छ ।

लिबरल नेतृत्वको दौड जितेपछि मार्च १४ मा प्रधानमन्त्रीको रूपमा शपथ लिएका कार्नीले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यवहार गर्न र सबैको लागि काम गर्ने अर्थतन्त्र निर्माणमा लागेकाे भन्दै क्यानेडियनहरूलाई जनादेशको लागि आग्रह गरे ।

क्यानडालाई सुरक्षित गर्न, क्यानडामा लगानी गर्न, क्यानडा निर्माण गर्न, क्यानडालाई एकतावद्ध गर्न बाँकी रहेको उनले बताए । निर्वाचन सञ्चालन गर्ने जिम्मेवारी पाएको एजेन्सी इलेक्सन क्यानडाका अनुसार अभियान चुनावको दिनभन्दा एक दिन अगाडि अप्रिल २७ मा समाप्त हुनेछ ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update