News 24 Television
तत्काल काठमाडौँ महानगरको कार्यपालिका बैठक बोलाउन कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूको माग 

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कार्वाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् । 

आज काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई काठमाडौं महानगरपालिकाका १८ जना वडाअध्यक्ष सहित नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य भएका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कार्वाही प्रक्रियाको माग गर्दै वडा – १७ का वडाअध्यक्ष  एवं प्रवक्ता नविन मानन्धरले ज्ञापन पत्र बुझाएका हुन् । 

‘आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कार्वाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरूले माग गरेको,’ काठमाडौँ महानगरपालिका वडा – ८ का वडाअध्यक्ष आशामान संगतले बताए । 

उनले भने – ‘कामपा वडा नम्बर १२ का वडाअध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक तत्काल बोलाउन माग गरेको र तत्कालै प्रशासकीय अधिकृतलाई गरिएको कार्वाही प्रक्रियाको माग सार्वजनिक गर्न बताइएको हो।’

hastakshar-1742721931.jpg
 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update