News 24 Television
अवकास मेगा च्यालेन्ज २०२५ को विजेताहरू सम्मानित

काठमाडौं । राष्ट्रिय स्तरको अवकास मेगा च्यालेन्ज २०२५ को पुरस्कार वितरण कार्यक्रम शनिबार काठमाडौंको टेक्सस कलेजको सभाहलमा सम्पन्न भएको छ।

गत सोमबार काठमाडौंमा आयोजित प्रतियोगितामा देशभरका ७२ विद्यालयका १ हजार १ सय एघार जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। 

सो प्रतियोगिता बाट पुरस्करका लागि छनोट भएका बिद्यार्थीलाई शनिबार एक कार्यक्रमका बिच सम्मान सहित पुरस्कर वितरण गरिएको हो।

3-1742720432.jpg
१ हजार १ सय ११ विद्यार्थीहरुबिच भएको अवाकास प्रतियोगिताबाट सभ्यता पाठशाला काठमाडौँका सोनिम कौछ उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन घोषित भएका छन् । उनले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे भने विद्यालयले ट्रफी प्राप्त गरेको छ।

त्यस्तै, क्याटेगोरी बी (लेभल वान) मा एडभान्स इन्टरनेसनल मोडेल स्कुलकी आरिका भण्डारीले दोस्रो स्थान हासिल गर्दै २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै विद्यालयले ट्रफी हात पारेको छ।

क्याटेगोरी ए (लेभल वान) मा संस्कार शिक्षालयका पृथक राईले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । उनले १५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्राप्त गरे भने बिद्यालयलाई  ट्रफी प्रदान गरिएको छ ।

1-1742720450.jpg
तेस्तै सहभागी ७२ बिद्यालयका टप विद्यार्थीहरु सेलेक्सन गरि प्रमाणपत्र सहित सम्मान गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सभाध्यक्षता बाल बिकास  एनसिमास प्राली का सिइओ तेजु नेपालले गरेका थिए । 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update