News 24 Television
आत्म–हेरचाहको खोजीमा महिलाहरु

काठमाडौं । महिलाहरूको दैनिक जीवन अनेकौं जिम्मेवारीले भरिएको हुन्छ । घरको कामकाज, परिवारको हेरचाह र सामाजिक दायित्वहरू पूरा गर्न उनीहरू आफ्नो स्वास्थ्यप्रति बेखबर बन्ने गर्छन् । 

समय र प्राथमिकताको अभावले शारीरिक र मानसिक स्वास्थ्यमा असर पुर्याइरहेको यथार्थलाई बदल्ने प्रयास स्वरूप आयोजित पिंक केयराथनमा हजारौं महिलाहरूको उत्साही सहभागिता देखियो । यो इभेन्टले महिलाहरूलाई आत्म–हेरचाहका लागि समय निकाल्न प्रेरित गर्दै समाजमा सकारात्मक सन्देश प्रवाहित ग¥यो । 

घरायसी काम, परिवारको हेरचाह र जिम्मेवारीका चपेटामा परेर धेरैजसो महिलाहरू आफ्नो स्वास्थ्यप्रति बेखबर बन्ने गर्छन् । समयको अभाव र प्राथमिकताको कमीले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । स्वास्थ्य विशेषज्ञहरू महिलाहरूलाई नियमित स्वास्थ्य परीक्षण, व्यायाम, सन्तुलित आहार र मानसिक स्वास्थ्यको ख्याल राख्न जोड दिन्छन् । तर, व्यस्त दिनचर्याले गर्दा उनीहरूका लागि आफ्नो लागि समय निकाल्नु ठूलो चुनौती बन्छ । यस्तै परिस्थितिलाई ध्यानमा राख्दै आयोजित पिंक केयराथनमा हजारौं महिलाहरूको उत्साही सहभागिता देखियो । 

महिलाहरूको स्वास्थ्य र फिटनेसप्रति जागरूकता फैलाउने उद्देश्यले गरिएको यो इभेन्टले समुदायमा सकारात्मक सन्देश छर्यो । कार्यक्रमले व्यस्त जीवनशैलीका बीच पनि आत्म–हेरचाहका लागि समय निकाल्नुपर्ने महत्वपूर्ण सन्देश बोकेको छ ।
दौड, जुम्बा र विविध फिटनेस गतिविधिमा सहभागी हुँदै महिलाहरूले आफ्नो ऊर्जा र उत्साह बढाएको अनुभव गरे भने आत्मविश्वासको नयाँ स्तर पनि हासिल गरेका छन् । यस्ता कार्यक्रमहरू महिलाहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै समुदायमा एकताको सन्देश प्रवाहित गरिरहेका छन् । सहभागीहरूका अनुसार, स्वस्थ र सशक्त समाज निर्माण गर्न महिलाहरूको शारीरिक र मानसिक स्वास्थ्यप्रति सचेत रहनु आजको आवश्यकताको रूपमा देखिएको छ ।

नेपालमा क्यान्सरः एक गम्भीर चुनौती

क्यान्सरको डर त्रासदीपूर्ण मात्रै होइन, मनोबल, आर्थिक स्थिति र परिवारको भावनात्मक स्वास्थ्यमा समेत गहिरो असर पार्छ । नेपालमा क्यान्सर रोगको अवस्था झन् चिन्ताजनक बन्दै गएको देखिन्छ । पछिल्लो दशकमा स्तन क्यान्सरको दर उल्लेखनीय रूपमा वृद्धि भएको छ ।

अहिले यो महिलाहरूमा सबैभन्दा सामान्य क्यान्सरको रूपमा देखा परेको छ । 

–    विश्व स्वास्थ्य संगठनका तथ्यांक अनुसार नेपालमा स्तन क्यान्सरको उमेर समायोजित घटना दर प्रति एक लाख महिलामा २५.८ छ भने मृत्युदर १२.७ रहेको छ । 

–    भौगोलिक रूपमा शहरी क्षेत्रमा स्तन क्यान्सरको जोखिम अझ उच्च छ । 

–    शहरी क्षेत्रमा २१ प्रतिशत महिलाहरूमा स्तन क्यान्सर देखिएको छ जबकि ग्रामीण क्षेत्रमा यो दर १५.६ प्रतिशत छ । 
–    नेपालमा दैनिक रूपमा दुई जना महिलाको मृत्यु स्तन क्यान्सरका कारण हुने गरेको छ । 

यसैगरी, पाठेघरको क्यान्सर पनि नेपालका महिलाहरूबीच व्यापक रूपमा देखिएको अर्को गम्भीर समस्या हो । 

–    हरेक वर्ष २ हजार भन्दा बढी नयाँ बिरामीहरू दर्ता हुने गर्छन् र एक हजार भन्दा बढी महिलाले पाठेघरको क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन् । 

–    नेपालमा पाठेघरको क्यान्सरको घटना दर प्रति एक लाख महिलामा १६.४ रहेको छ । 

–    जुन विश्व स्वास्थ्य संगठनको लक्षित ४ प्रति एक लाख महिलाको तुलनामा चार गुणा बढी हो । 

स्तन क्यान्सर र पाठेघर क्यान्सरजस्ता गम्भीर स्वास्थ्य समस्याहरूको प्रभाव कम गर्न समयमै जाँच र रोकथाममा जोड दिनु जरुरी छ । स्वस्थ महिलाहरू मात्र होइन, स्वस्थ परिवार र समुदायका आधार स्तम्भ हुन् । यसर्थ, महिलाहरूले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनु आजको अपरिहार्य आवश्यकता हो ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update