News 24 Television
हरियाली तिलोत्तमा नगर विश्व अवार्डको सूचीमा  

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरुबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ । 

तिलोत्तमाले ८ वर्षसम्म निरन्तर जारी राखेको जनसहभागितामा आधारित नगर सरसफाई र हरियाली प्रवद्र्धन अभियानकै कारण खुला पोलिथिनमुक्त वातावरणमैत्री नगर भएकोले विश्वस्तरमै अवार्ड प्रतियोगिताको सूचिमा परेको हो । विश्वका उत्कृष्ट ४० मध्यमा परेको तिलोत्तमा नगरलाई ओआईडीपी अवार्डका लागि अनलाइन भोटिङ्ग गराउनुपर्नेछ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरुबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ ।

अर्जेन्टिनाको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडिपी) संस्थाले गर्ने २४औं संस्करणको अवार्डका लागि तिलोत्तमा प्रारम्भिक सूचीमा परेको हो । अब अवार्ड जिताउनका अनलाइन भोटिङ गर्नुपर्नेछ । 

अन्तर्राष्ट्रिय अवार्डको अनलाइन भोटिङ खुला भएको भैसकेको छ । स्पेनको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन डेमोक्रेसी संस्थाले १९औं संस्करणको ओआईडिपी अवार्डका लागि मागेको आवेदनमा विश्वका ३७ देशका स्थानीय र प्रदेश सरकार गरी १३७ मध्ये उत्कृष्ट ४० बीच अनलाइन भोटिङ खुला गरेको हो । भोटिङको समय अब ६ दिन मात्रै बाँकी छ । 

तिलोत्तमा नगरपालिका फाइनल प्रतिस्पर्धाका लागि यसअघि नै छनोट भएको थियो । अब ४० आवेदकबीच मार्च २८ सम्म हुने अनलाइनमार्फत हुने खुला भोटिङको ५० अंक र जुरी (निर्णायक) को ५० अंकका आधारमा अवार्ड विजेता घोषणा गरिने ओआईडीपीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । 

मे महिनाको २१ देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने २४औं ओआइडिपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड वितरण गरिने छ । नगरवासीको वृहत सहभागितामा हरेक महिनाको १ गते र १५ गते नगर सरसफाई तथा हरियाली प्रवद्र्धन अभियानलाई २०७४ सालदेखि ८ वर्षसम्म निरन्तर सञ्चालन गरेकाले तिलोत्तमा नगरपालिकाका यो अवार्डको फाइनलमा पुग्न सफल भएको हो ।

सार्क राष्ट्रहरुमध्येबाटै अवार्डको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएको यो नगरपालिकालाई विजेता बनाउनका लागि अनलाइन भोटिङ गरिदिन नगरपालिकाले विश्वका नेपालीलाई अपिल गरेको छ । 

८ वर्षसम्म निरन्तर जारी राखेको जनसहभागितामा आधारित नगर सरसफाई र हरियाली प्रवद्र्धन अभियानकै कारण तिलोत्तमा खुला पोलिथिनमुक्त वातावरणमैत्री नगर बन्न सफल भएको हो । 

कसरी गर्ने अनलाइन भोट ? 

ओआइडिपीले विभिन्न पाँच विधामा अनलाइन भोटिङ गर्नुपर्ने नियम बनाएको छ । त्यसैले पाँच वटै विधामा भोट दिनुपर्नेछ । एउटा मात्र विधामा भोट दिँदा रद्द हुने भएकाले पारिस्थितिक संक्रमण र वातावरण (इकोलोजिकलक ट्रान्जिसन एण्ड इन्भाइरन्मेन्ट) विधामा मत दिनुपर्नेछ । ओआइडिपीको वेबसाइटमै गएर इमेल खाता सिर्जना गरी मत दिन सकिने छ । 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update