
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी दलका नेताहरुले अस्थिरताको ट्याग लगाउने गरेका छन् । प्रचण्डले पछिल्लो पटक सत्तामा रहँदा काँग्रेस र एमालेको आडमा १७ महिना प्रधानमन्त्री पद थमाए । त्यस्तै कहिले काँग्रेस त कहिले एमालेसँग गठबन्धन गर्दै पार्टीकाको आकार नै खुम्च्याएका प्रचण्ड अहिले ३२ सिटसहित विपक्षी कित्तामा छन् । सुरुमा सत्ताको खेलमा आफूलाई माथि पारेका प्रचण्ड काँग्रेस एमालेको मिलनपछि भने विपक्षी कित्तामा पुगेका हुन् । यसपछि आफ्नै धरातलमा पुगेका प्रचण्ड अहिले आफ्नै खुट्टामा उभिने प्रयास गर्दैछन् ।
सत्ताबाट बाहिरिएपछि जनतामै जाने भन्दै विभिन्न अभियान चलाइरहेका प्रचण्ड वर्तमान समयमा पनि मधेशका जिल्लामा कार्यक्रम गरिरहेका छन् ।
हौसिएका हौसियै प्रचण्ड !
विगतमा गठबन्धनमार्फत निर्वाचन लड्ने माओवादी अहिले सबैजसो प्रतिस्पर्धामा एक्लै छ । र, प्राप्त नतिजाबाट पनि माओवादी पटक पटक हौसिने अवस्थमा पुगेको छ । यसअघि स्थानीय तहको उपनिर्वाचन नतिजाले हौसिएको माओवादी अहिले विद्यार्थी संगठनको निर्वाचनमा आइपुग्दा पुनः हौसिएको हो ।
विगतको भन्दा राम्रो तर समग्रमा सन्तोषजनक नजिता हासिल गरेको मोओवादी निकट अखिल क्रान्तिकारले प्राप्त गरेको मतलाई प्रचण्डले लहरको रुपमा व्याख्या गरका छन ।
स्वविय निर्वाचन मत परिणाम आउनासाथ उत्साहति प्रचण्डले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै अखिल क्रान्तिकारीको पक्षमा लहर र उत्साह छाएको प्रतिकृया दिएका थिए ।
उनले सो नतिजालाई पनि भ्रष्टाचार र वेथितिकाविरुद्ध चालेको कदमको प्रतिफलका रुपमा औँल्याएका छन् । उता कोशीकै सबैभन्दा ठूलो क्याम्पस महेन्द्र मोरङ आदर्शमा जित निकालेपछि पनि प्रचण्डले अखिल क्रान्तिकारीका रोहित यादवलाई फोन गरेर इतिहाँस रचेको भन्दै मुलुकभर सकारात्मक सन्देश गएको प्रतिकृया दिए । उता गत मंसिरमा सम्पन्न उपनिर्वाचनमा माओवादीले दोस्रो स्थान ओगटेको विषयलाई पनि प्रचण्ड आफ्नो प्रतिष्ठाको रुपमा बारम्बार व्याख्या गर्दै आइरहेका छन् ।
माओवादी सत्ताबाट बाहिरिएपछि सरकार र त्यसको नेतृत्वलाई भने सँधै भ्रष्ट, दलाली र विचौलियाको आरोप लगाउँदै आएको छ । र, जनतामाझ प्रचण्डले समेत सरकारप्रति नकारात्मक सन्देश फैल्याइरहेका छन् । यद्यपि प्रचण्ड स्वयम भने तत्काल सरकारमा सहभागी नहुने जिकिर गर्छन् । उनी सरकारले गलत काम गरिरहेपनि आफू ०८४ साल अघि प्रधानन्त्री बन्ने रेशमा नरहेको दावी गरिरहेका छन् ।
तर के प्रचण्ड तत्काल प्रधानमन्त्री नबन्लान् ? यो प्रश्न आम चासको विषय बनेको छ । विगतको इतिहाँस र तथ्यले प्रचण्डलाई अस्थिर चरित्रका नेताका रुपमा उभ्याएको छ । तर काँग्रेस एमालेको गठबन्धनले हुत्तिएका प्रचण्डले आफ्नो चेत खुलिसकेको जिकिर गर्ने गरेका छन् ।
यहीबीचमा केही निर्वाचन मत परिणामले हौसिएका प्रचण्ड तत्काल प्रधानमन्त्रीको रेशमा नरहेको बताइरहेपनि उनको यो भनाइ टिक्नेमा भने शंका नै छ । यदी काँग्रेस एमालेको गठबन्धनमा दरारता आए माओवादी नै निर्णायक शक्ति हो । यो अवस्थामा उनले प्राप्त अवसरलाई छोड्लान् भन्ने विषयमा आम नागरिक विश्वस्त हुने अवस्था छैन ।