News 24 Television
विश्व कविता महोत्सवमा राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना

काठमाडौं । कवि तथा सर्जकहरुले वर्तमान नेपाली समाजको विकृति र विसंगति विरुद्ध आकोश पोखेका छन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा जनताका बढ्दो निराशालाई कविताका माध्यमबाट ब्यक्त गरे । उनीहरुले शासन सत्ताले जनताको मनोभावना बुझन नसक्दा समाजमा विद्रोह बढेको भन्दै कविता सुनाए । 

विश्व कविता दिवसको सन्र्दभमा साहित्य सदन नेपालले आयोजना गरेको कविता महोत्सव कार्यक्रममा कविहरुले जनताको चरम निराशा र विद्रोहलाई कविता मार्फत ब्यक्त गरे ।

arjun-parajuli-1742625745.png
मुलुकभरबाट राष्ट्रिय कविता महोत्सवमा सहभागी भएका कविहरुले आफनो सिर्जनामा विद्रोह पोखेका थिए । राष्ट्रिय कविता महोत्सवमा सहभागी भएको २ सय ५० जना कविहरु मध्येबाट ५ जना कवि तथा साहित्यकारहरु पुरस्कृतसमेत भएका थिए । राष्ट्रिय कविता महोत्सवमा एलिसा एकलासले प्रथम भएर ३० हजार नगद सहित पुरस्कार प्राप्त गरेकी थिइन । 

त्यसैगरी भीष्मराज काफ्ले दोस्रो भएका छन् भने उनले २० हजार नगद सहित पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी तेस्रो स्थान हासिल गरेका जीवन आरोही, तारानाथ पराजुली र सोमनाथ दाहालले जनही १० हजार नगद सहित पुरस्कार प्राप्त गरेका थिए । 

कार्यक्रममा नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति र्बैरागी काईला र डा. गंगा प्रसाद उप्रेतीले साहित्यकारहरुले समाजलाई डोर्याउनु पर्ने र समाजमा आशा र विश्वास पनि भर्न सक्नु पर्ने बताएका थिए ।

त्यसैगरी लेखक तथा सर्जक निनु चापागाईले साहित्यलाई समय सापेक्ष बनाउन आवश्यक रहेको बताउँदै लेखकहरुको अवस्था दर्शाएका थिए ।

साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलले साहित्य सदनले देशभरका बिभिन्न सर्जकहरुको प्रतिभाहरुको प्रस्तुती र सम्मानलाई प्राथमिकता दिएको बताउँदै साहित्य विकासमा सबैको सहयोग आवश्यक भएको बताए । 

laxman-gamnage-1742625802.JPG
विश्व कविता दिवसको अवसरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिताको मूल्यांकन समितिका संयोजक गोविन्द घिमिरेले मूल्याँकन तथा छनौट प्रकृयाको बिषयमा प्रकाश पादै साहित्यमा आएको परिवर्तनको चर्चा गरेका थिए । 

त्यसैगरी छनौट समितिका सदस्य नर्मदेश्वरी सत्यालले साहित्यकार तथा कवि लेखकको छनौटको चर्चा गदै साहित्यको समग्र अवस्थाको चर्चा गरेकी थिइन । कार्यक्रममा कार्यक्रममा प्रतिष्ठिन कवि तथा साहित्यकार देखि युवा कविहरुले कविता बाचन गरेका थिए । 

कार्यक्रममा साहित्य सदन नेपालका उपाध्यक्ष मित्रलाल पंज्ञानीले कविता महोत्सवको चर्चा गदै साहित्यको समिक्षा गरेका थिए । त्यसैगरी साहित्य सदनका सचिव कवि प्रल्हद पोखरेल, सदस्य त्रिलोचन आचार्य र सुनीता बुढाथोकीले साहित्य सदनले आयोजना गरेको कार्यक्रमको प्रकाश पारेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update