News 24 Television
मधेशका ७५ अस्पताल बन्द गर्न निर्देशन !

पर्सा । मधेश प्रदेशका मुख्यमन्त्री शतिश कुमार सिंहले प्रदेशका निजी अस्पतालको अनुगमनलाई तिव्रता दिएका छन् । मुख्यमन्त्री सिंह नेतृत्वको अनुगमन टोलीले वीरगञ्जसहित प्रदेशभरी हालसम्म १२० वटा निजी अस्पतालको अनुगमन गरेको छ । निजी क्षेत्रका अस्पतालहरूको अनुगमनपछि सरकारी अस्पतालको पनि अनुगमन गर्नुपर्ने आवाज उठेको छ । 
  
मधेश प्रदेशका मुख्यमन्त्री शतिश कुमार सिंहले हालसम्म १२० वटा निजी अस्पतालको  अनुगमन गरेको छन् । अनुगमनका क्रममा वीरगञ्जस्थित नेपाल ईण्डो अस्पतालसहित प्रदेशभरीका ७५ वटा अस्पताललाई बन्द गर्न निर्देशन दिइएको छ । 

बन्द गर्न निर्देशन दिइएका अस्पतालभित्र दर्ता नभएका मात्रै नभएर मापदण्ड नपुगेका र अन्य प्रक्रिया नपुगेका अस्पतालहरु पनि रहेका छन् । जसमध्ये २९ वटा नविकरण नभएका छन् । १६ वटा अस्पतालको सबै प्रक्रिया पूरा भएको अनुगमन समितिका सदस्य सचिव एवम् मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जानकारी दिए ।

मधेश प्रदेश सरकारले निजी अस्पतालको अनुगमन गरेको विषयमा केही मानिसले आशंका पनि व्यक्त गरेका छन् । मधेश प्रदेशका गरिब एवम् विपन्न नागरिक उपचारका लागि सरकारी अस्पताल जाने भएकाले सरकारी अस्पताललाई व्यवस्थापन गर्नतर्फ ध्यान दिन नेपाल चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष एवम् मधेश प्रदेशका संयोजक डा. निरज कुमार सिंहले आग्रह गरे । 

प्रदेश मातहतमा भएका सरकारी अस्पतालको व्यवस्थापन छोडेर निजी अस्पालको अनुगमन किन भन्ने प्रश्नमा अनुगमन समितिका सदस्य सचिव ठाकुरले दिएको जवाफ यस्तो छ ।

नागरिकको स्वास्थ्यसँग सरोकार राख्दै नीजि अस्पतालहरुको अनुगमनलाई सकरात्मक मान्न सकिन्छ । तर नीजि मात्रै होइन, प्रदेश सरकारल बेलाबेलामा प्रदेशभित्रका सरकारी अस्पतालको पनि अनुगमन गर्न जरुरी छ  । 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update