News 24 Television
दन्त चिकित्सकलाई लोकसेवाबाटै स्थायी नियुक्ति दिन सरकारसँग माग 

काठमाडौं । नेपाल डेन्टल एशोशिएसनले विविध कार्यक्रमको आयोजना गर्दै ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाएको छ । एशोशिएसनले ‘ह्याप्पी माउथ इज अ ह्याप्पी माइन्ड’ भन्ने नाराका साथ विभिन्न र्याली तथा सचेतनामूलक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । 

उक्त कार्यक्रम अन्तर्गत बसन्तपुरदेखि नक्साल नारायण चौरसम्म र्याली सँगैसगै मेडिटेशनको कार्यक्रम गरिएको एशोशिएसनका अध्यक्ष डाक्टर प्रनय शाक्यले बताए । उक्त कार्यक्रममा नेपालमा मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था र चुनौतीहरुको विषयमा पनि चर्चा परिचर्चा गरिएको थियो । 

WhatsApp-Image-2025-03-20-at-5.07.01-PM-(1)-1742541803.jpeg
कार्यक्रममा सहभागी भएका स्वास्थयमन्त्री प्रदीप पौडेलले एशोशिएसनले आयोजना गरेको उक्त कार्यको प्रशंशा गरे । चिकित्सकहरुले जति सल्लाह र प्रतिकृया दिए उति नै मन्त्रालयले काम गर्न सहज हुने भन्दै आउँदा दिनहरुमा यस्ता कार्यक्रम गर्न मन्त्री पौडेलले सुझावसमेत दिए।  

त्यस्तै नेपाल डेन्टल एशोशिएसनका महासचिव विश्वप्रकाश ठाकुरले ५ हजार दन्त चिकित्सक उत्पादन भएपनि सरकारी क्षेत्रबाट लोकसेवामार्फत स्थायी दरबन्दीको व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाए । उनले आउँदो दिनमा सरकारी स्तरबाटै दन्त चिकित्सकको नियुक्ति हुनुपर्नेमा जोड दिए । 

2-1742541803.jpeg
महासचिव ठाकुरले भने– ‘नेपालमा ५ हजारभन्दा बढी दन्त चिकित्सक उत्पादन हुँदै आएका छन् । तर  सरकारी सेवामा १०० जना पनि स्थायी नियुक्ति हुन सकेका छैनन् । अहिलेसम्म विकास समितिबाट मात्रै चिकित्सकको नियुक्ति हुँदै आएका छन् । अब सरकारले लोकसेवाबाटै स्थायी नियुक्तिको कदम चाल्नुपर्छ ।’

त्यस्तैगरी उनले हाल स्वास्थ्य बीमाले मुख स्वास्थ्यको समस्यमा सिमित शर्त राखेर मात्रै उपचार गर्दै आएकाले यस्लाई विस्तृत दायरमा लैजानुपर्ने उनले धारणा राखेका छन् । त्यस्तैगरी नागरिकको स्वास्थ्य हक अनुसार नै मुलुकका दुर्गम र सुगम क्षेत्रका नागरिकहरुले विनाविभेद दन्त चिकित्सकहरुबाटै उपचार प्राप्त गर्नेगरी वातावरण मिलाउन सरकारसँग माग गरेका छन् । कार्यक्रममा डेन्टल स्टुडेन्ट सोशाइटी नेपालका अध्यक्ष डा.सन्दीप चौधरी लगायत ३ सय डाक्टर सहकर्मी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 

3-(2)-1742542897.jpeg
 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update