News 24 Television
प्रमोद भण्डारीले ल्याए प्रेमिल गीत ‘संसार सारा’ (भिडियो)

काठमाडौं ।  प्रमोद भण्डारीको शब्द, रोजिना बस्नेत र दिनेश भुजेलको स्वरमा रहेको  ‘संसार सारा’ बोलको प्रेमिल गीत सार्वजनिक भएको छ । उक्त गीत म्युजिक भिडियोसहित दिनेश भुजेल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीत जति सुमधुर अनि प्रेमिल बनेको छ, गीतको भिडिओ उति नै रोमान्टिक छ। भिडि‌योमा  गायक भुजेल र सुष्मा श्रेष्ठको फिर्चड छन् ।

उक्त गीतको सङ्गीत नवीन कार्कीले तयार गरेका हुन् भने सङ्गीत संयोजन विशाल निरौलाको रहेको छ । साथै म्युजिक भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् । 

माया गर्नेहरूका लागि समर्पित गरिएको गीतको शब्दले प्रेम भावव्यक्त गरेको छ। गीतमा प्रेमिल जोडी एक–अर्कामा कसरी वाचा गर्छन् भन्ने देखाइएको छ । 

(भिडियो)

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update