News 24 Television
ज्ञानेन्द्रको चलमलले माओवादीमा बज्यो ‘ढ्याङ्ग्रो’, प्रचण्डका यस्ता संगिन आरोप 

काठमाडौं । फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति र फागुनकै २५ गते पोखराबाट काठमाडौं आएका ज्ञानेन्द्रलाई भव्य स्वागतसहित गरिएको प्रदर्शनको राजनीतिक पराकम्प अझै बाँकी छ । प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्रले देश बचाउने हो भने अब आफूलाई साथ दिनुपर्ने भनेका थिए, यसैको उक्सावटले राजावादीहरु हौसिएर ज्ञानेन्द्र र राजतन्त्रको हाईहाई तथा गणतन्त्र मुर्दावादको नारा चर्किरहेको छ । यसले गणतन्त्रवादीहरुलाई अत्याससमा परेका छन् । 

माओवादी सबैभन्दा त्रासमा 

माओवादीले आफूलाई गणतन्त्रको जननी दावी गर्दै आएको छ । यस्तो अवस्थामा गणतन्त्र संकटमा परेको भन्दै अध्यक्ष प्रचण्ड पूर्वाराजाविरुद्ध घोचपेचमा ओर्लिएका छन । दिनानुदिन पार्टीको जनाधार गुमाउँदै जाँदा प्रचण्ड प्रतिपक्षमासमेत पुगेका छन् । उनी प्रतिपक्षमै पुगेका बेला राजावादीहरुको सक्रियता बढेको छ । यस्तोमा प्रचण्ड सत्तारुढ दल काँग्रेस र एमालेले गणतन्त्रको रक्षा गर्नेमा विश्वस्त छैनन् । 

प्रचण्ड गणतन्त्र ल्याउनमा माओवादीले नै अग्रणी भूमिका खेलेको दावी गर्छन् भने पूर्वराजाकै नकारात्मक भूमिकाको कारण राजतन्त्र चाँडै ढलेको उनको जिकिर छ । तर ज्ञानेन्द्रले पुनः राजतन्त्र पुनस्र्थापनाका लागि थालेको सक्रियतालाई प्रचण्डले कलाविहीन नाटकका रुपमा व्याख्या गर्ने गरेका छन् । 

गणतान्त्रिक व्यवस्थाको जस प्रचण्ड आँफैले लिदै आएकामा आफू कमजोर हँदा पुनः काँग्रेस  एमाले राजावादीहरुसँग मिल्ने आशंकासहित सबैभन्दा त्रासमा देखिन्छन् । 

प्रचण्डको असभ्य बोली !

पूर्वराजाको बाक्लिँदो सक्रियताले समग्रमा गणतन्त्रवादी दलहरु नै बेचैन भएका छन् । तर सबैभन्दा पिर भने माओवादीले नै खेपिरहेको छ । सशस्त्र संघर्षमा हजारौँको बलिदानी र शान्तिप्रकृयाको टुंगो लागिनसकेको कारणले पनि माओवादी बेचैनमा छ । यही बेचनताका कारणले पनि प्रचण्ड राजवादीको गतिविधिप्रति निर्मम बनिरहेका हुन् । यसको प्रतिकारस्वरुप प्रचण्डले सबैभन्दा पहिले ज्ञानेन्द्रको गतिविधलाई लिएर रछ्यानमा मिल्काइएकाहरु पुनः सलबलाइरहेको टिप्पणी गरेका थिए ।

प्रचण्डले पहिलो प्रतिकृया यसरी जनाएपनि उनी पछिल्लो समय राजावादीविरुद्ध आक्रामक र असभ्य भाषा प्रयोग नै गर्न थालेका छन् । उनले पछिल्ला दिनहरुमा लगातार ज्ञानेन्द्रलाई मूर्तिचोर, भाइमारा र आफ्नै बंश नासकसम्मको आरोप लगाइरहेका छन् । 

यतिमा मात्रै सिमित नरहेका प्रचण्ड पूर्वराजा र राजावादीहरुको चरित्रमाथि टिप्प्णी गर्दै अनैतिकताको आरोप र असभ्य भाषाको साहारा लिन पनि बाध्य भएका हुन् । प्रचण्डले पूर्वराजाहरुलाई हत्याकाण्डमा जोड्नेदेखि उनीहरुको अनैतिक सम्बन्धबारे चर्चा गर्न पनि भ्याए । 

राजावादीहरुको गतिविधि तिव्र रुपमा बढ्दा सबै गणतन्त्रवादी दलहरु अत्यासमा रहेको देखिन्छन । त्यसमा पनि माओवादी केन्द्र सबैभन्दा बढी अतालिएको छ । यहीबीचमा राजसंस्थामाथि काउण्टर दिन प्रचण्डले विभिन्न प्रयास गरेका छन् । तर यसक्रममा उनले लगाएका आरोप र प्रयोग गरेका भाषाहरु भने असभ्य, असोभनीय र असंवेदनशील भएको भन्दै चर्को टिप्पणी भइरहेका छन् । ०००

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update