
काठमाडौं । आगामी मार्च २५ देखि २७ गतेसम्म हुने युकेको विश्वविद्यालय (युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्ड) मा नेपाली विद्यार्थी शेरिहाङ लिङदेनले प्रेसिडेन्टको उम्मेदावारी दिएका छन ।
करिब २५ हजार विद्यार्थी रहेको उक्त विश्वविद्यालयमा हरेक दुई बर्षमा स्टुडेन्ट युनियनको निर्वाचन हुने गरेको छ । बेलायतको बिभिन्न ठाउँमा करिब पाँच स्थानमा रहेको उक्त विश्वविद्यालयमा एक साथ चुनाव हुन लागेको हो ।
विश्वभरिबाट अध्ययन गर्न आउने विद्यार्थीहरुबिच हुन लागेको उक्त चुनाव निकै रोचक हुने देखिन्छ । जसमा प्रसिडेन्सिमा दुई जनाको उम्मेदावारी परेको छ ।
लिङ्देनका प्रतिद्वन्द्वी यसअघिको निर्वाचनमासमेत निर्वाचित प्रेसिडेन्सी हुन । निर्वाचनमा पाकिस्तानी उम्मेदावारसंग प्यानल गरि होमिएका नेपाली उम्मेदार लिङदेन चुनावमा जित हासिल गर्ने दावी गरिरहेका छन् । उक्त विश्वविध्यालयमा पहिलो पटक नेपालीले प्रेसिडेन्सी पदको लागि उम्मेदावारी दिएका हुन् ।