News 24 Television
२५ करोड लैजाने अचम्मको भाडो ! नायिके लुक्ने ठाउँ कता ?  

काठमाडौं । प्रहरीले काठमाडौंको टोखाबाट बरामद गरेको अमेरिकी डलर र युरो गरि २५ करोड रकमको मालिक को हो त ? संसदमा चर्चा शुरु भएको छ । संसदमा २५ करोड चीनतर्फ लैजादै गरेका व्यक्तिभन्दा पनि मालिक खोज्न भनिरहेको बेला विभिन्न व्यक्ति र दलहरु भड्किएको देखिन्छ । 

नेपालमा तस्कहरुले कहिले सुन गाल्ने कारखाना चलाउने गर्छन् त कहिले विदेशी मुद्राको अवैध कारोबारका लागि ट्रकको प्रयोग गर्छन् । सुन तस्करीले थिलोथिलो पारेको मुलुकमा ठूलो मात्रामा विदेशी मुद्रा तस्करीको नेक्ससले फेरि नयाँ तरङ्ग पैदा गरिदिएको छ । अमेरिकी डलर र युरोको तस्करी चीनतर्फ हुन लागेको बेला प्रहरीले २५ करोड रकम बरामद ग¥यो । ठूलो मात्रामा प्रहरीले बरामद गरेको विदेशी मुद्रा फुच्चे भनिने कुसाङ लामाले ट्रकमा लुकाएर लैजादै थिए । 

यो रकम चीनतर्फ जान लागेको सूचना प्रहरीले पाएपछि टोखा नगरपालिका–२ झोरबाट पक्राउ ग¥यो । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ निवासी कुसाङ परिवारसहित काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा डेरा बस्दै आएका छन् । 

उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकका धनी समेत उनी आफै भएको बताइएको छ । विदेशी मुद्रा ओसारपसारका लागि फुच्चेले ट्रकलाई झण्डै तीन साता ग्यारेजमा राखेको प्रहरीको दाबी छ । ग्यारेजमा ट्रक राखेर उनीहरुले पैसा लुकाउन पल्स बटम नै बनाएको देखिन्छ । यसले पनि नेपालमा हुने अवैध विदेशी मुद्राको ओसारपसारको स्थितिलाई उजागर गरेको छ । अहिले प्रहरीले पक्राउ गरेका फुच्चे अवैध धन्दामा फेला परेको पहिलो पटक भने होइन । यसअघि उनी सुन तस्करी कसुरमा जेल सयाज भुक्तान गरिसकेका व्यक्ति समेत हुन् ।

अवैध मुद्रा ओसारपसारको ग्राफ डरलाग्दो

नेपालमा हरेक महिना औषतमा ६२ लाख बढि अवैध विदेशी मुद्रा बरामद हुने गरेको तथ्याङ्क भेटिने गरेको छ । प्रहरीले बरामद गर्ने यस्तो रकम वृद्धि हुनेक्रम चलिरहेकै छ । प्रहरीका अनुसार यो आर्थिक वर्षको फागुनसम्म विभिन्न ठाउँबाट ५ करोडभन्दा बढि अवैध विदेशी मुद्रा बरामद गरेको बताइरहेको छ । यस्तो कारोबारमा प्रायः विदेशी नागरिक पक्राउ पर्ने गरेको पाइन्छ । तर, अहिले फुच्चे ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित पक्राउ परेपछि मालिक खोज्नुपर्ने आवाज उठ्न थालेको छ ।

संसदमा उठ्यो आवाज

ठूलो मात्रामा अवैध विदेशी रकम बरामद भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै सरकारमाथि प्रश्न गरेको छ। 

यता, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले काठमाडौंबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा छानविन गर्न उच्चस्तरीय समिति गठनका माग गरेका छन् ।

स्वतन्त्र सांसद अमरेशुमार सिंहले पनि २५ करोड अवैध रकम कुनै भरियाको नहुने भन्दै सरकारलाई मालिक समात्न चुनौती दिएका छन् । 

अर्थतन्त्रमा खतरा

अवैध र स्रोत नखुलेको रकमको कारोबार र ओसारपसारले मुलुकको अर्थतन्त्रमा नै गम्भीर क्षति पु¥याउने बताइन्छ । स्रोत नखुलेको रकमको परिणाम बढ्दा यसले प्रत्यक्ष रुपमा अर्थतन्त्रमा असर पु¥याउने हुनाले सम्पत्ति शुद्धीकरणलाई गम्भीर रुपमा हेर्नुपर्ने आवाजहरु उठ्ने गरेका छन् । वैध कारोबार नहुँदा राजस्व गुम्नेदेखि मुद्राको क्षयीकरण हुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

मालिक फेला नपर्दा समस्या

सुन तस्करीदेखि अवैध रकमको मालिक अहिलेसम्म पक्राउ पर्न सकेको देखिन्न । प्रहरीले भरिया समात्ने र मुद्दा चलाउने गर्नाले अनुसन्धानमाथि नै प्रश्न गर्ने गरिन्छ भने राजनीतिक दलका नेता र शक्तिशालीहरुले यस्तो धन्दा चलाउने गरेको आरोप समेत लाग्ने गर्छ । 

क्विन्टलमा भएको सुन तस्करीमा अहिलेसम्म राज्यले प्रभावकारी अनुसन्धान गर्न सकेको देखिन्न । यसमा जनतामा शंका व्याप्त छ । ठूला तस्करी र अपराधमा शक्ति केन्द्रहरुको संलग्नताको आशंका यहि कारण पनि गर्ने गरिएको छ। अवैध रकम बरामदीमा पनि भरिया पक्राउ परेका छन् । यसपछि अब सरकारले के गर्ला भन्ने चासो चैतर्फी बढेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update