नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करण सुरू

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करण सुरू भएको छ । बुधवार काठमाडौंको मण्डला नाटकघरमा महोत्सव सुरू भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले आफूहरुको भोगाइ, यात्राको अनुभव साटासाटका रुपमा महोत्सवलाई अघि बढाइएको बताए । उनले रैथाने ज्ञानको उज्यालोको रुपमा महोत्सवलाई लिएको बताए ।
अग्रजले दिएको सीप, ज्ञानलाई लिएर त्यही मार्गदर्शनबाट आफूहरु अघि बढिरहेको उनकाे भनाइ छ । उनले आफूहरुले जानेको ज्ञान आउँदो पुस्तामा पुस्तान्तरण गर्नका लागि महोत्सव गरिएको बताए ।
अभिनेता राईले रैथाने समाजको बारेमा एकीकृत भएर महोत्सवमा छलफल गर्ने बताए । महोत्स्वमा १२ देशका पाहुनालाई स्वागत गरिएको उनले दाबी गरे ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१ १९:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय