दिल्लीमा परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गरेकी छन् ।
राइसिना डायलगको लागि भारत नयाँदिल्लीम रहेकी परराष्ट्रमन्त्री डा. राणाले भारतीय समकक्षी जयशंकरसँग मंगलबार भेट गरेकी हुन् । भेटमा नेपाल र भारतको दुई पक्षीय सम्बन्धका बारेमा चर्चा गरियो ।
दुई देशका विदेशमन्त्रीको भेटलाई महत्वका साथ हेरिएको छ । पछिल्लो समय नेपालमा भइरहेका राजनीतिक गतिविधिहरुका बारेमा पनि भेटमा छलफल भएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ १९:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय