प्रमोद खरेलको स्वरमा 'प्रेमको समाचार' सार्वजनिक !

काठमाडौँ । गायक प्रमोद खरेलको स्वरमा रहेको 'प्रेमको समाचार' बोलको गीत सार्वजनिक भएको छ । पर्वतका स्रष्टा लोकनाथ भुसाल 'घायलश्री'को शब्द रहेको उक्त गीतको संगीत चाहिँ कुशल संगीतकार बाबुल गिरिले दिएका छन् ।
प्रेम र विछोडलाई सरल तथा कलात्मक तरिकाले शब्दहरुमार्फत चित्रण गरिएको उक्त गीतको भिडियोमा विक्रम राना, सिर्जना राई, विकास लामा, टक गुरुङ, सुनिल तामाङ, रमेश खड्का, विरेन्द्र मगरको अभिनय रहेको छ ।
सुजता बस्यालको निर्देशनमा भिडियो निर्माण गरिएको छ भने गीतको भिडियोलाई एम सीरिज ग्लोबल युटुब च्यानल मार्फत बजारमा ल्याइएको हो ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ १९:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय