News 24 Television
नयाँ दिल्लीमा सुरू भयाे राइसिना डाइलग

काठमाडाैँ । राइसिना डाइलग २०२५ भारतका नयाँ दिल्लीमा शुरु भएको छ । दक्षिण एशिया र एशिया प्रसान्त क्षेत्रको जल्दाबल्दा विषयमा छलफल गर्ने गरिने कार्यक्रमको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेष कार्यक्रमका बीच उद्घाटन गरे ।

न्युजील्याण्डका प्रधानमन्त्री विशेष अतिथि रहेको उक्त डाइलग ३ दिनसम्म चल्नेछ । यस डायलगको दोश्रो दिन नेपालका तर्फबाट परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन र यसले परेको असरबारे विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

विश्वका धेरै देशका विदेश मन्त्री, विषय विज्ञ, विभिन्न एजेन्सीका प्रमुखहरु यस डाइलगमा सहभागी हुँदैछन् । जनता, शान्ति र पृथ्वीको अवधारणामा कालचक्र नाममा यो राइसिना डायलग  सुरु भएको छ । 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update