News 24 Television
सरकारका प्रवक्ता भन्छन्- 'भावनामा बगेर दोहोरो नागरिकता दिनु हुँदैन'

काठमाडाैँ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले भावनामा बगेर दोहोरो नागरिकतालाई स्वीकार नगरेको बताएका छन् । सोमवार प्रतिनिधि सभामा ‘सुशासन प्रर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक- २०८१’ माथि भएको छलफलमा सांसदहरुले राखेको सुझावका विषयमा जवाफ दिँदै उनले उक्त कुरा बताए ।

गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको बताउँदै उनले नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपाली मूलका व्यक्तिलाई मात्रै गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको बताए ।

मन्त्री गुरुङले भने, ‘भावनामा नडुबीकन नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई स्वीकारेको छैन नेपाल राज्यले । त्यसकारण हामीले के नबुझौ भने गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नु परेको ? यो कुरा तपाई हामी यहाँ बसेका सबै माननीय न्यूहरु हुनुहुन्छ, उहाँहरुले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेको जस्तो जनरल होइन । त्यो भन्दा भिन्न भएको हुनाले सहुलियतको रुपमा उनीहरुलाई गैरआवासीय नागरिकता प्रदान गरेको । त्यसकारणले गैरआवासीय नागरिकता त्यस्ता व्यक्तिलाई दिएको छ जो नेपाली मुलको विदेशी नागरिक छ र न्यहीँ बसेको छ, जस्ले हाम्रो नागरिकता त्याग नगर्ने कुरा गरेको छ  ।’ 

सञ्चारमन्त्री गुरुङले विदेशमा बसेका नेपाली मूलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update