News 24 Television
हुथीविरुद्ध निर्णायक सैन्य कारबाही गर्न ट्रम्पको आदेश

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अमेरिकी सेनालाई यमनमा हुथी विद्राेही समूहविरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही शुरु गर्न आदेश दिएको बताएका छन् ।

हुथी विद्राेही समूहले अमेरिकी र अन्य जहाज, विमान र ड्रोनहरू विरुद्ध डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएको आरोप ट्रम्पको छ ।

ट्रम्पले अमेरिकी जहाजहरूमा हुथीहरूको आक्रमण सहन गर्न नसकिने बताउँदै आफूहरुको उद्देश्य प्राप्त नगरेसम्म अत्यधिक घातक शक्ति प्रयोग गर्न निर्देशन दिएका छन् । ट्रम्पकाे उक्त निर्देशनसँगै अमेरिकी वायु सेनाले यमनमा घातक हमला गरिरहेकाे छ । 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update