News 24 Television
पूर्वराजाको नामले नै भाडभैलो ! संसदमै भिडन्त !

काठमाडौं । राजतन्त्रको पक्ष विपक्षको छलफलमा संसदमा भनाभनदेखि दलीय आरोप–प्रत्यारोप चल्न थालेको छ । राजा चाहियो भन्नेहरु र गणतन्त्र ठिक भन्नेहरुबीचको विवादमा राप्रपा भर्सेस गणतन्त्रवादीको स्थिति बनेको छ । यतिमात्रै नभई राजतन्त्रको पक्षमा लागेका नाराको विषयमा सरकारको कामलाई समेत जोड्न खोजिएको छ । 

राजतन्त्रको पक्षमा लागिरहेका नारा र प्रदर्शनले गणतन्त्रमाथिका प्रश्नहरु पेचिला बन्न पुगेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनले देखाएको सत्ता आशक्तिपछि राजनीतिक कोलाहाल मच्चिएको छ । यहि पेरिफेरिमा एमाले नेता रघुजी पन्तले संसदमा बोल्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले आपत्ति जनाए ।

सभामुखले रघुजीलाई बोल्न अनुमति दिए तर, ज्ञानबहादुर रोकिएनन् । त्यसपछि रघुजीले आक्रोशित मुद्दामा भने, मिस्टर माननीय इतिहास पढेर आउनु,  जुम्लामा हाहाहुहु गरेको जस्तो होइन ।

विवाद चलिरहेपछि सभामुखले हस्तक्षेप गरे । व्यवस्था र प्रणाली अनुसार अघि बढ्ने भन्दै सभामुखले आक्रोश पोख्दै संयमित बन्न निर्देशन दिए । 

सभामुखले समय थपिदिए । रघुजीले १०÷१२ मिनेट थपियोस भन्ने माग गरे । त्यसपछि रघुजीले राजतन्त्रविरुद्धका विभिन्न तथ्य र तथ्याङ्कले विरोध गरे । गणतन्त्रको पक्षमा वकालत गरे । यसरी चलिरहेको विवादमा माओवादी केन्द्रले अहिलेको स्थिति सिर्जना हुनुमा सरकार दोषी रहेको भन्दै सरकारमाथि आक्रोश पोख्ने काम ग¥यो । 

उसोतः सरकारकै कारण राजावादी सल्बलाएको दाबी गरेको माओवादी केन्द्रले सरकार निर्माणको चरणबारे समेत छलफल भएको दाबी गर्न थालेको छ । 

गणतन्त्रवादीहरुले राजतन्त्रको विपक्षमा कडा प्रतिरोध गर्न थालेपछि राप्रपाले पनि संसदमा आफ्ना भनाई राखिरहेको छ । अहिलेको व्यवस्था लुटिखाने मेलो बनेको भन्दै राप्रपाले आक्रोश पोख्यो । राजतन्त्रको पक्षमा वकालत ग¥यो । 

संसदमा राजतन्त्रको पक्ष विपक्षमा चर्काचर्की चलेपनि गणतन्त्र पक्षधरहरुले आन्तरिक एकता र सामूहिक प्रतिरोधको तयारी गर्ने छाँट देखाएका छन् । 

उनीहरुले प्रतिवाद गर्नुपर्ने धारणा राख्दै गर्दा राजावादी शक्ति र समूह समेत अनेक तयारीमा जुटेका छन् । ठूलो आन्दोलनको तयारी नै गरेको भनेका उनीहरुको शक्तिलाई गणतन्त्रवादीले पनि चुनौति दिने भनिरहेका छन् । 

उसोतः सरकारले लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै यसको पक्ष विपक्षमा बहस गर्न आवश्यक नरहेको भन्दै ब्याक गियर नलाग्ने भनिरहेको देखिन्छ । 

निर्मल निवासको तयारी के ?

पूर्वराजा ज्ञानेन्द्र शाहले समेत निर्मल निवासबाट सक्रियतापूर्वक राजावादीको एकताका लागि नयाँ अध्यायको शुरु गर्न खोजेको चर्चा चलिरहेको छ । राजावादी गतिविधिका लागि पुर्वराजा ज्ञानेन्द्र शाहले ८६ वर्षिय नवराज सुवेदीलाई अघि सारेको बताइएको छ । 

सुवेदी महेन्द्रकालीन समयमा राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए भने उनले विभिन्न मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका थिए । उनै सुवेदी अहिले राजावादीलाई एकीकृत गर्ने काममा जुटेको दाबी गरिएको छ । राप्रपाका नेता पशुपति शमशेर जबराको घरमा मिटिङ नै भएको बताइन्छ । भने यसमा राजेन्द्र लिङ्देन इतरको पक्षले पनि उनलाई अघि सार्ने योजनामा काम गरिरहेको बताइन्छ ।  

ठूलो आन्दोलनको तयारी नै गरेको भनेका उनीहरुको शक्तिलाई गणतन्त्रवादीले पनि चुनौति दिने भनिरहेका छन् । सुवेदी तिनै व्यक्ति हुन्, जसले इतिहासको एक कालखण्ड नामक पुस्तक लेखेका छन् । जसमा उनले आफू, राजा र प्रजातन्त्रबारेका विभिन्न विषय समेटेका छन् । 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update