काठमाडाैँ । खोज समाचार डट कमका सञ्चालक रोशन श्रेष्ठले आफ्नै नामको माेबाइल एप लन्च गरेका छ्न् । पत्रकारितालाई डिजिटल युगमा अझै प्रोत्साहन गर्ने मुख्य उदेश्य राखी लन्च गरिएको यस एपभित्र आम नागरिकहरुको समस्यालाई विशेष सम्बोधन गर्ने कोसिस गरिएको छ ।
अहिले नेपालमा वैदेशिक रोजगारीमा लाने भन्दै विभिन्न प्रलोभन देखाई नक्कली भिजा पठाएर गाउका सोझा साझा युवाहरूलाई योजना बद्द तरिकाले ठगी गर्ने गिरोह निकै सक्रिय बनेको छ ।
कुनै पनि देशको भिसा, वर्क प्रमिट, अफर लेटर सक्कली हो या नक्कली हो भनेर मोबाइल बाटै चेक गर्न सकिने सुबिधाहरु ईन्टरनेटमा उपलब्ध भएपनि वैदेशिक रोजगारीमा जाने धेरै युवाहरू कम शिक्षित हुने र कुन देशको भिजा कसरी चेक गर्ने भन्ने तरिका र लिंक नभेट्दा आज धेरै युवाहरू ठगिको सिकार बनिरहेका छन ।
यहि समस्यालाई मध्यनजर गर्दै रोशन श्रेष्ठले आफ्नो एपमा हालका लागि १८ वटा देशको भिजा र वर्क प्रमिट सक्कली हो या नक्कली भनेर सजिलै चेक गर्न सक्ने सुबिधा लिएर आएका छन भने निकट भबिष्यमा अन्य देशहरु पनि थपिदै जाने श्रेष्ठले बताए ।
यति मात्र नभएर यदि एप चलाउन वा भिसा चेक गर्न कठिनाई भए कसरी चेक गर्ने भनेर साथमा एउटा भिडियो पनि राखिदिएका छन भने अझै पनि केही जानकारि लिनु परेमा एप भित्रै श्रेष्ठ सङ्ग सिधै कुराकानी गर्न मिल्ने सुबिधा समेत राखिदिएका छन ।
उनले यश एप भित्र सम्बन्धित देशले उपलब्ध गराएको भिसा र वर्क प्रमिट चेक गर्ने लिंकलाई राखेर आम नागरिकलाई सहज गराइदिएका छन भने नेपालि क्यालेन्डर, मिति परिवर्तन जस्ता अन्य सेवाहरु पनि एप भित्र राखिएको छ ।
यस्तै फेसबुक सम्बन्धि पनि एप भित्र निशुल्क एउटा सिरिज चलाएका छन । जसमा गएर कसैले फेसबुक मोनिटाइज सम्बन्धि सिक्न चाहेमा सरल र सहज रुपमा सिक्न सक्नेछन । यति मात्र नभएर एप भित्र श्रेष्ठले तयार पारेका भिडियो समाचार देखि अन्य समाचारगरु पनि हेर्न सकिने छ ।
एप लन्च भएको १ महिना नबित्दै प्ले स्टोरमा ३७ हजार भन्दा बढिले उनको एपलाई डाउनलोड गरिसकेको छन भने बबउ कतयचभ मा भर्खरै मात्र लन्च भएको छ ।
यस एपमा अब बिस्तारै बिदेशमा अलपत्र परेका नागरिकहरुको उद्दार गर्नको लागि एउटा छुट्टै ब्यबस्था लिएर आउने देखि अन्य धेरै सेवा सुविधाहरु थप्दै लाने योजना रहेको श्रेष्ठले बताए ।