मार्क कार्नीद्वारा क्यानडाको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण

एजेन्सी । क्यानडाको सत्तारुढ लिबरल पार्टीका नेता मार्क कार्नीले देशको २४ औं प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् । साथै उनले नयाँ मन्त्रिपरिषद् गठन समेत गरेका छन् ।
२४ सदस्यीय संक्रमणकालीन मन्त्रिपरिषदमा क्यानडा–अमेरिका सम्बन्ध व्यवस्थापन गर्न केन्द्रिय जिम्मेवारी सम्हाल्ने मुख्य नेताहरू समावेश छन् ।
विदेश मामिला मन्त्री मेलानी जोली नै रहने जनाइएकाे छ । पूर्व नवप्रवर्तन, विज्ञान तथा उद्योग मन्त्री फ्रान्कोइस–फिलिप शैम्पेनलाई अर्थमन्त्रीको रूपमा पदोन्नति गरिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय