
काठमाडौं । प्रत्यक्ष कार्यकारी निर्वाचनमा जाने विषयमा लामो समयदेखि बहस चलिरहेको छ । तर, केहि दलहरुले प्रत्यक्ष निर्वाचनमा जाँदा पपुलिस्टहरुले निर्वाचन जित्ने भन्दै लोकतान्त्रिक पद्धतिमाथि नै शंका गर्ने गरेका छन् । चुनावबाट निर्वाचित हुने विषयमा किन दल र नेताहरुले डर पालिरहेका छन् ? यो विषयमा देखिएका मतभेद समेत रोचक र चासोमा लिने किसिमका देखिन्छन् ।
नेपालको संविधानले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलंकारीक राष्ट्रपतिको कल्पना गरेको छ । अहिले प्रधानमन्त्री चुनिन प्रतिनिधिसभाले निर्वाचन गर्ने र बहुमत प्राप्त गर्ने व्यक्ति प्रधानमन्त्री बन्ने स्थिति छ । उसोतः राजनीतिक दलहरुले नै अहिलेको निर्वाचन प्रणालीमाथि अनेक टिप्पणी गर्ने भने गरेको देखिन्छ ।
यी प्रतिनिधि भनाई हुन् । उनीहरुले निर्वाचन प्रणालीको सुधारको विषयमा वकालत गर्दै गर्दा सरकार निर्माणको विषयलाई नै जोड दिने गरेका छन् । अहिलेको निर्वाचन प्रणाली महंगो मात्रै नभई गरिबले लड्नै नसक्ने भयो भन्ने गुनासा समेत उत्तिकै देखिन्छन् । तर, उनीहरुले सरकार निर्माणलाई नै केन्द्रमा राखेर भनिरहेका यी विषय कति राजनीतिक ? यसको औचित्यमाथिका प्रश्नहरु कति जायज ? तमाम विषयहरु छन् ।
जसको समाधान खोज्न आवश्यक भने देखिन्छ । तर, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिमा जाँदा यो समस्या धेरै हदसम्म सुल्झिने देखिन्छ । प्रत्यक्ष कार्यकारीको निर्वाचनबाट स्थिर सरकार आउनेमात्रै नभई दलीय हैसियतमा हुने निर्वाचनको लेखाजोखा समेत उचित ढंगले हुने स्थिति बन्छ । तर, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाँदा पपुलिस्टहरुको दबदबा बढ्ने तर्क समेत सुनिने गरेका छन् ।
पपुलिस्ट वा अराजकतावादीहरुले निर्वाचन जित्ने खतरा देखाउदै राजनीतिक रुपमा लामो समयसम्म लाभको रोटी सेक्ने सोचाईका कारण नै अहिलेको जस्तो सरकार ढाल्ने, बनाउने काम चलिरहने गरि यो प्रणालीको विकास भएको देखिन्छ ।
राजनीतिक दलको डर किन ?
प्रत्यक्ष निर्वाचित कार्यकारीमा जनताले नै प्रत्यक्ष रुपमा कार्यकारीलाई मतदान गर्ने गर्छन् । उनीहरुले विधायिकाको रुपमा प्रतिनिधि र प्रत्यक्ष कार्यकारीमा मतदान गर्न पाउने स्थितिमा धेरैहदसम्म राजनीति स्थिरतातर्फ जाने विश्वास समेत राख्ने गरिएको छ ।
प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनेले सिमित अवधिसम्म सरकारको नेतृत्व गर्छ र त्यसपछि आवधिक निर्वाचनमार्फत अर्को आउँछ तर, दलहरुले लोकप्रिय पात्र र व्यक्ति निर्माण गर्न नसक्दा प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान डराउने गरेको देखिन्छ ।
जनताले निर्वाचित गरेको व्यक्ति पपुलिस्ट वा अन्य जस्तोसुकै भएपनि यसको नियन्त्रण संसदबाट हुने नै भएकाले निरंकुशताको अभ्यास गर्ने खास स्थान पाउन कठिन हुने देखिन्छ । तर, दलको दबदबा भने नियन्त्रित हुने खतरा रहन्छ । जनताले दल र नेताहरुलाई बुझ्ने धारणाको आधारमा नै चुन्ने भएकाले यो निर्वाचन प्रणाली केहिहसदम्म खतरा समेत नहुने भने होइन् ।
प्रत्यक्ष निर्वाचित कार्यकारीको बहसमा सर्वसाधारण
प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा नेपालमा बहस हुने गरेको छ । ठूला र प्रभावकारी मानिएका दल र नेताहरुले यसको विरोध गर्ने गरेपनि यसको पक्षमा समेत राजनीतिक बहस भने चर्को नै हुने गरेको देखिन्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी देशको राजनीतिक स्थिरताको कारण बन्न सक्छ ?
कि दलहरुले पालेको डरको अर्थ छैन ? हामिले देशका विभिन्न क्षेत्रका सर्वसाधारणलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीमा जाँदा पपुलिस्टहरु उदाउँछन् भन्ने केहि राजनीतिक दलमा डर देखिन्छ । यस्तो त्रासमा तपाईको मत के छ भनेर सोधेका छौं ।