News 24 Television
पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार गरियो : उपप्रधानमन्त्री सिंह

काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार फैलाइएको बताएका छन् ।

शुक्रवार नेपाली काँग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले आफूहरु समेत सरकारमै भए पनि पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन लागेकोबारे केही जानकारी नभएको बताए । उनले पहिलेका कुनै सरकारले वर्कआउट गरेको कुरा अहिले प्रचारमा ल्याएर सत्तारुढ दलहरुलाई अप्ठ्यारोमा पार्न खोजिएको समेत बताए । 

उनले भने, ‘राष्ट्रपति बनिसकेका, प्रधानमन्त्री बनिसकेका पूर्वहरुलाई राज्यले आजीवन सुविधा दिन लागेको छ भनेर आइराखेको छ । अहिले हामी पनि सरकारमा छौं, तर हामीलाई केही थाहा छैन । कुन सरकारले के आवश्यक परेर यसमा वर्कआउट गरेको होला ? अहिले ल्याएर राखिदिएपछि दलहरुलाई अप्ठ्यारोमा पार्ने हुन्छ । अनर्गल प्रचारको सिकार बन्नुभन्दा यसमा हामीले सोच्दाखेरि राम्रो हुन्छ भन्ने मलाई लाछ ।’

उनले भ्रमपूर्ण र अनर्गल प्रचारको पछि नलाग्न समेत सबैमा आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update