News 24 Television
एटीएमबाट शुरु भएको डिजिटल बैंकिङ अहिले मोबाइलको एक क्लिकम

काठमाडौं । नेपालमा डिजिटल बैंकिङको इतिहास त्यति लामो छैन, तर पछिल्ला दशकहरूमा यसले उल्लेखनीय प्रगति हासिल गरेको छ । 

नेपालमा सन् १९९० मा नबिल बैंकले क्रेडिट कार्डको माध्यमबाट सुरु गरेको डिजिटल भुक्तानी सेवा अहिले सबै बैंक तथा वित्तीय संस्थाले मोबाइल एपको प्रयोगबाट एक क्लिकको भरमा दिनसक्ने अवस्थामा पुगेका छन् । 

नेपालमा सन् १९९५मा हिमालयन बैंकले एटीएम मेसिन प्रयोगमा ल्यायो भने सन् २००२ मा कुमारी बैंकले इन्टरनेट बैंकिङको सुरुवात गरेको थियो । त्यसपछि सन् २००५ मा स्टान्डर्ड चार्टर्ड बैंकले मोबाइल बैंकिङको सुरु ग¥यो । निजी बैंकहरुले डिजिटल कारोबारलाई प्राथमिकता दिइरहेका बेला सन् २००९ मा ई–सेवाले मोबाइल वालेटबाट कारोबार सुरु ग¥यो । त्यसपछि मात्रै नेपालमा डिजिटल कारोबारले तिव्रता पाएको हो । 

सन् २०१४ मा ग्लोबल आइएमई बैंकले पहिलोपटक मोबाइल स्मार्ट बैंकिङको सुरुवात गरेको थियो । अहिले सबैजसो बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ एप मार्फत सुविधा दिएका छन् ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक १० वटा र भुक्तानी सेवा प्रदायक कम्पनी २६ वटालाई भुक्तानी सम्बन्धी कारोबार गर्न अनुमति दिएको छ । त्यसबाहेक भुक्तानी सेवा प्रदायक एजेन्टको संख्या १७ हजार पाँच सय तीन छ । 

दुई करोड ५६ लाख ६२ हजार भन्दा बढी प्रयोगकर्ताले मोबाइल वालेट प्रयोग गरिरहेका छन् भने दुई करोड ६० लाख ३४ हजार भन्दा बढीले मोबाइल बैंकिङबाट कारोबार गरिरहेका छन् । यस्तै इन्टरनेट बैंकिङ प्रयोगकर्ता २० लाख ८८ हजार, कनेक्ट आइपीएस प्रयोगकर्ता १३ लाख ५० हजार छन् । 

बैंकहरुले पाँच हजार दुई सय २७ एटीएम काउन्टर सञ्चालन गरेका छन भने एक करोड ३२ लाख डेविट कार्ड र तीन लाख भन्दा बढी क्रेडिट कार्ड जारी गरेका छन् । कोभिड–१९ महामारीले नगदरहित कारोबारको आवश्यकता बढाएपछि यसको प्रयोग झन् व्यापक भएको हो । 

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०÷८१ मा डिजिटल भुक्तानीको कारोबार ३५ प्रतिशतले बढेको छ । मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड नाघेको छ भने क्यूआर कोडमार्फत भुक्तानी गर्ने चलन पनि बढ्दो छ । ई–कमर्स प्लेटफर्महरू जस्तै दराज र सस्तो डिल लगायतले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गरेका छन् । 

डिजिटल बैंकिङका चुनौति 

यद्यपि, डिजिटल बैंकिङको विस्तारसँगै चुनौतीहरू पनि उत्तिकै छन् । इन्टरनेटको पहुँच अझै ग्रामीण क्षेत्रमा कमजोर छ । नेपाल टेलिकमको तथ्याङ्कअनुसार देशको ३० प्रतिशत भूभागमा भरपर्दो इन्टरनेट उपलब्ध छैन । डिजिटल साक्षरताको कमीले धेरै नागरिकलाई यस्ता सेवाबाट वञ्चित राखेको  छ । 

साइबर सुरक्षाको जोखिम पनि ठूलो चुनौती बनेको छ । पछिल्लो समय अनलाइन ठगी र डेटा चोरीका घटनाहरू बढेका छन्, जसले प्रयोगकर्तालाई त्रसित बनाएको छ । भौतिक पूर्वाधारको अभाव र प्राविधिक जनशक्तिको कमीले पनि सेवा विस्तारमा बाधा पु¥याएको छ । 

नियामक नीति र कानूनी स्पष्टताको अभावले डिजिटल बैंकिङको दिगो विकासमा प्रश्न उठाएको छ । तर यस्ता चुनौतीहरूका बाबजुद डिजिटल बैंकिङले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । 

यसले वित्तीय समावेशिता बढाएको छ भने समय र लागतको बचत गरेको छ । तर, यसको पूर्ण सफलताका लागि सरकार र निजी क्षेत्रको सहकार्य जरुरी छ । इन्टरनेट पूर्वाधार सुधार, डिजिटल साक्षरता अभियान, साइबर सुरक्षा बलियो बनाउने नीति र प्राविधिक तालिममा लगानी बढाउन सके डिजिटल बैंकिङले नेपाललाई आधुनिक अर्थतन्त्रको बाटोमा डो¥याउन सक्छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update