News 24 Television
सङ्खुवासभा प्रलेसको चौथो जिल्ला सम्मेलन सम्पन, अध्यक्षमा बुढाथोकी सर्वसम्मत

खाँदबारी । आज साहित्यकार ताराबहादुर बुढाथोकीको अध्यक्षतामा प्रलेस जिल्ला कार्य समितिको गठन गर्दै सङ्खुवासभाको खाँदबारीमा प्रगतिशील लेखक सङ्घको‌ सङ्खुवासभा चौथो  जिल्ला सम्मेलन सम्पन्न भएको छ।

प्रलेस कोशी प्रदेश अध्यक्ष तिला लेकालीको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य बोधकुमार घिमिरे र प्रलेस प्रदेश सचिव राजेन्द्र सर्वहारा,उदयपुर जिल्ला सचिव फणिन्द्र विश्वकर्मा समेतको विशेष आतिथ्यमा  सम्पन्न उक्त अधिवेसनमा लक्ष्मी ढुङ्गानाको अध्यक्षतामा भएको थियो।सम्मेलनमा नेकपा एमालेका अध्यक्ष खड्गबहादुर राई ,नेकपा माओवादी जिल्ला सह इन्चार्ज कृष्ण जिमी'भरत ',नेकपा एसका जिल्ला अध्यक्ष मानसिंह पोख्रेल,जसपा नेपालका जिल्ला अध्यक्ष सिताराम तिम्सिना समेत उपस्थित भई शुभकामना प्रकट गरेका छन्।

वरुण बहुमुखी क्याम्पस प्रमुख चित्रलेखा अधिकारी,हिमालय किरण क्याम्पस प्रमुख टीकाराम श्रेष्ठ, शिक्षक महासंघ अध्यक्ष शेरबहादुर पुरी, शिक्षक संगठन उपाध्यक्ष रामप्रसाद लम्साल, योगमाया विश्वविद्यालयका अभियन्ता डा.मातृकाप्रसाद तिम्सिना लगायत तीन दर्जन बढी स्रष्टाको उपस्थितिमा उद्घाटन सत्र सम्पन्न भएको हो। 

बन्दसत्रमा साहित्यकार ताराबहादुर बुढाथोकीको अध्यक्षतामा जिल्ला कार्य समितिको गठन भएको छ।सचिवमा सनम थापा,सहसचिवमा कवि राम गुरुङ्, कोषाध्यक्षमा तारा घिमिरे, सदस्यहरुमा  साहित्यकार वीरेस राई, साहित्यकार कृष्ण चापागाई,साहित्यकार गीतान्जली कटुवाल र पार्वती नेपाली रहनुभएको कुरा निर्वाचन कमिटीका संयोजक मानसिंह पोखरेलले बताउनु भयो।

प्रथम वैठकले केन्द्री प्रतिनिधिमा लक्ष्मी ढुङ्गाना र प्रदेश प्रतिनिधि राजेन्द्र सर्वहारा निरौला र कृष्ण बहादुर चापागाईलाई पठाउने गरी निर्णय भएको र केही पदहरु जातीय, क्षेत्रीय, लैंगिक, भौगोलिक सन्तुलन मिल्ने गरी मनोनित गर्दै जाने गरी समिति गठन भएको छ।

नेपाली राजनीतिक आकासमा मडारिएको विकृतिविरुद्ध जनवादी संस्कृतिको निर्माणमा लेखन कार्यलाई निरन्तरता दिने तथा प्रगतिशील बिचार लाई सहकार्य र एकताका आधारमा उन्नतितर्फ अघि बढाउन गतिरोधको अन्त्य गर्न समिति क्रियाशील रहने नवनिर्वाचित अध्यक्ष बुढाथोकीले बताए।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update