News 24 Television
वसन्तपुरमा होलीको चहलपहल, चीर पूजा गर्नेको भीड

काठमाडाैँ । वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ । बिहीवार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ । वसन्तपुर काठमाडाैँकाे हाेलीकाे केन्द्र मानिन्छ । 

आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ ।

1741840268-uVCDf-1741849584.jpg
आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update