
एजेन्सी । साउदी अरेबियाको बन्दरगाह शहर जेद्दाहमा रहेको रिट्ज–कार्लटन सम्मेलन केन्द्रमा अमेरिका र युक्रेनले वार्ता गरेका छन् । जहाँ अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलहरू बीच उच्चस्तरीय वार्ता भएको हो ।
बैठकको मुख्य एजेण्डा रूस–युक्रेन द्वन्द्वमा सम्भावित आंशिक युद्धविराम रहेको छ । साउदी मिडियाकाअनुसार युक्रेनले अमेरिकी समर्थन पुनः प्राप्त गर्ने उद्देश्यले रूससँग आंशिक युद्धविरामको योजना प्रश्ताव गरिरहेको छ ।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वाशिंगटनले द्वन्द्व अन्त्य गर्न युक्रेनले के सम्झौता गर्न इच्छुक छ भनेर बुझ्न चाहेको बताउनु भयो । अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलहरू बाहेक साउदी विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार पनि बैठकमा सहभागी छन् ।
यो बैठक युक्रेनमाथि बढ्दो दबाबको बीचमा आएको छ । अमेरिकाले हालै सैन्य सहायता स्थगित गरेको छ । जसले कीभलाई रूससँग वार्ता गर्न दबाब दिएको छ ।