
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले देवराज घिमिरेको नेतृत्वमा नयाँ टिमलाई जिम्मेवारी दिएपछि नेपाल स्काउटको नयाँ नेतृत्वले संस्थाको सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नयाँ नेतृत्वले पूर्व नेतृत्वको कमीकमजोरीलाई स्वीकार गर्दै संस्थालाई एकताबद्ध बनाउने र विगतका समस्या समाधान गर्ने बताएको छ ।
नयाँ नेतृत्वले आगामी २०८२ फागुनमा चौथो राष्ट्रिय ज्याम्बोरी आयोजना गर्ने, राष्ट्रिय युवा परिषद्लाई सक्रिय बनाउने, महिला विभागको राष्ट्रिय भेला आयोजना गर्ने, ऐन संशोधनका लागि पहल गर्ने, विश्व स्काउटको उच्चस्तरीय टोलीलाई नेपाल भ्रमण गराउने, रोकिएका परियोजना सुचारु गर्ने र नयाँ साझेदारीका लागि पहल गर्ने योजना सार्वजनिक गरेको छ।
नयाँ नेतृत्वले स्थानीय र प्रदेश तहमा पनि नयाँ उत्साह थपिएको र युद्धस्तरको कामलाई निरन्तरता दिने बताएको छ।
प्रेस विज्ञप्ती जस्ताकाे तस्तै
सबैमा स्काउट प्रणाम र नमस्कार ।
आज हामी यहाँहरू समक्ष नेपाल स्काउटमा विद्यमान अवस्था र पछिल्लो समय घटिरहेका घटनाक्रमहरूको बारेमा यथार्थ जानकारी दिनको लागि उपस्थित भएका छौं ।
आजभन्दा एक वर्ष एक महिना अगाडि अर्थात् २०८० माघ २७ गते हामीले नेपाल स्काउटको स्थानीय प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन सम्पन्न गरेका थियौँ। त्यतिबेला नेपाल र विश्वभरका नेपाल स्काउटलाई माया गर्ने स्काउटहरूमा एउटा छुट्टै उत्साह र उमङ्ग थियो। लामो समयसम्म संक्रमणमा रहेको नेपाल स्काउटलाई अन्तत सुशासित, मजबुत र व्यवस्थित बनाउन निर्वाचन मार्फत स्थानीय र प्रदेशदेखि केन्द्रीय तहसम्मको नेतृत्व चयन गर्ने निर्वाचनको महा अभियानमा थियौँ। गतवर्ष माघको २२ गते र २७ गते क्रमश हामीले नेपाल स्काउटको स्थानीय प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न गरेका थियौं। आज एक वर्षपछि जुन उत्साहमा हामीले काम गर्नपर्ने र संगठन व्यवस्थापनको एउटा गम्भीर चुनौतीलाई समाधान गरेपश्चात् संस्थालाई एउटा छुट्टै उचाइमा पुर्याउनुपर्ने अवस्थामा हुनुपर्नेमा, विभिन्न नयाँ समस्याको चपेटामा परेको कुरा यहाँहरूलाई जानकारी गराउनुपर्दा हामीलाई अत्यन्त दुःख लागेको छ ।
हुन त कुनै पनि संस्थाको जीवनमा उतारचढावहरू आउनु नौलो कुरा होइन । तर पनि १२ वर्ष लामो संस्थागत सङ्क्रमणलाई व्यवस्थित ढंगले समाधान गरी विकासको नयाँ लय समात्नुपर्ने अवस्थामा पुनः विभिन्न चुनौतीहरू सामना गरिरहेका छौं भन्नुपर्दा साँच्चै नराम्रो लाग्दो रहेछ । जतिबेला हामी निर्वाचन सम्पन्न गरिरहेका थियौ त्यसबखत पनि हामीले ठूलाठूला चुनौतीहरूको सामना गर्नुपरेको थियो । विभिन्न प्रतिकूलताका बावजुद जसरी हामीले नेपाल स्काउटको निर्वाचन सम्पन्न गरेर नयाँ नेतृत्वलाई कार्यभार सुम्पियौँ, आम स्काउट जगतमा एउटा ठूलो राहत महसुस भएको थियो । सँगसँगै नेपाल स्काउटले अब विकासको नयाँ चरणमा प्रवेश गर्नेछ भन्ने एउटा आशा जागृत भएको थियो। तर विडम्बना आज हामी पुन विभिन्न सांगठनिक चुनौतीहरूको सामना गरिरहेका छौं । विशेषत नेपाल स्काउटको केन्द्रीय नेतृत्व तहमा उत्पन्न भइरहेको पछिल्लो घटनाक्रमले आम स्काउट जगतमा विभिन्न संशय र निराशा पैदा भइरहेको छ । पक्कै पनि यस विषयमा यथार्थ जानकारी प्राप्त गर्नु तपाईं हामी सम्पूर्ण स्काउटहरूको अधिकार नै हो । साथै नेपाल स्काउटको केन्द्रीय तहको जिम्मेवारी बहन गरेका हिसाबले पनि हालको परिस्थितिको बारेमा यथार्थ जानकारी गराउनु हाम्रोे कर्तव्य हो । त्यसैले आज हामी यहाँहरु समक्ष पछिल्लो समयमा नेपाल स्काउटको केन्द्रीय नेतृत्व तहमा भइरहेको समस्या र यसले नेपाल स्काउटको वर्तमान र दीर्घकालमा पर्ने असरहरुको बारेमा सत्य तथ्य जानकारी गराउन उपस्थित भएका छौं ।
पक्कै पनि यहाँहरुले विगत केही समयदेखि नेपाल स्काउटका विषयमा विभिन्न नकारात्मक टिका टिप्पणी भइरहेको विषय सञ्चार माध्यमबाट थाहा पाउनुभएको होला, विश्व स्काउटको मूल्यमान्यतामा आधारित रही नेपालका बालबालिका तथा युवाहरूलाई स्काउटिङ कार्यक्रमका माध्यमबाट लाभान्वित गराई बालबालिका र युवाहरुलाई थप अवसर र कार्यक्रमहरू प्रदान गर्नु नेपाल स्काउटकोे नेतृत्वको कर्तव्य हो, यद्यपि नेपाल स्काउटको निर्वाचन पछि गठन भएको महेन्द्र राज रंजितको नेतृत्वले यस विषयमा प्रतिबद्ध भई नेपाल स्काउटको रणनीतिक कार्यक्रम भिजन २०३२ लाई कार्यान्वयन गर्ने तर्फ जोडतोडका साथ लाग्नुपर्नेमा अनेकौं सांगठनिक झमेला सिर्जना गरेको विषयले हामी सबैलाई निराश बनाउनु स्वाभाविक नै हो, यस विषम परिस्थितिमा हामी सम्पूर्ण सच्चा स्काउट र स्काउट प्रेमीहरुलाई एकजुट भई संस्थामा सिर्जना भएको समस्यालाई समाधान गर्न आआफ्नो तर्फबाट प्रतिबद्ध हुनुपर्दछ भन्ने आह्वान गर्न चहान्छौं ।
गतवर्ष १२ वर्षपछि निर्वाचन मार्फत नेपाल स्काउटले भोगिरहेको संगठनात्मक संक्रमणलाई अन्त्य गर्दै नेतृत्व तहमा जिम्मेवारी सम्हालेका आयुक्त तथा पदाधिकारीहरूले जुन जोश र जाँगरका साथ नेपाल स्काउटको दीर्घकालीन विकासका लागि काम गर्नुपर्ने थियो त्यस विषयमा चुकेको कुरा महेन्द्र राज रंजितको नेतृत्वले स्वीकार्नुपर्छ, स्काउटमा मा हामी पेट्रोल सिस्टम र टिम सिस्टमको कुरा गर्छौं, यसले हामीलाई संगठित रुपमा एकताबद्ध भई संस्थाको उद्देश्य पूर्ति गर्नेतर्फ उन्मुख गराउँछ । तर विडम्बना हामीले महेन्द्र राज रंजितको नेतृत्व पाएदेखि संस्थाको केन्द्रीय नेतृत्व तहमा एकताको अभाव खड्किएकै हो । विशेषगरी संस्थाको नेतृत्व तह आयुक्त पदाधिकारी र कर्मचारीहरूको बीचमा समन्वय र संगठनात्मक एकता कायम गरी संस्थाको हितका लागि नयाँ योजना र कार्यक्रमहरू लागू गर्नु नेतृत्वको मुख्य जिम्मेवारी हुनुपर्नेमा हामी विगत एक वर्षदेखि विभिन्न खिचातानी र सांगठनिक झमेलाको सामना गरिरहेका छौँ यस्तो अवस्था सिर्जना हुनुमा हामी सबैको कमजोरी रहेको विषय आत्मसाथ गर्नुपर्छ, र परिस्थितिलाई थप बिग्रन नदिन आआफ्नो स्थानबाट सम्भावित पहलकदमी उठाउनुपर्दछ । संस्थालाई कुनै एक व्यक्ति वा समूहले बन्धक बनाउन मिल्दैन, तर हाम्रो संस्था आफ्नै केन्द्रीय नेतृत्व तहबाट विगत एक बर्षदेखी बन्धक भएका कुरा यहाँहरुलाई जानकारी गराउनुपर्दा अत्यन्त दुःख लागिरहेको छ । तत्कालिन प्रमुख आयुक्तले नेपाल स्काउटको विगत ७२ बर्षको इतिहाँसलाई तहसनहस गर्नेगरी संस्थामा गुण्डाराज मच्चाउने, संस्थालाई राजनितिक रुपमा खण्डीत गर्ने व्यक्तिगत चरित्रहत्या गर्ने लगायतका कार्यहरुले गर्दा संस्थाको स्वच्छ छवी धुमलिन पुगेको छ ।
यसै विच माननिय युवा तथा खेलकुद मन्त्रीले गैह्रकानुनी रुपमा नियुक्त भएका तत्कालिन प्रमुख आयुक्त महेन्द्र राज रंजितलाई हटाई श्री देवराज घिमिरेको नेतृत्वमा नयाँ टिमलाई जिम्मेवारी प्रदान गर्नुभएबको छ ।
नयाँ नेतृत्व आए पश्चात विद्यमान परिस्थितिको बारेमा सत्यतथ्य जानकारी प्रदान गरी अहिले उजागर भएका समस्यालाई समाधान गर्न यस नयाँ नेतृत्वले आफ्नो प्रमुख कार्यभार मानेको छ । नयाँ नेतृत्व सबै स्काउट सदस्यहरुलाई एकतावद्ध बनाएर स्काउट अभियानमा अहोरात्र खटिने कुरामा प्रतिवद्ध छ । हामीले आगामी मिति २०८२ फाल्गुणमा नेपाल स्काउटको चौथो राष्ट्रिय ज्याम्बोरी आयोजना गर्ने तयारी थालेका छौं, स्काउटको राष्ट्रिय युवा परिषद्लाई सक्रिय बनाई युवाहरुलाई प्रशस्त अवसरहरु प्रदान गर्न यहि मिति २०८१।११।२७ देखि ३० सम्म नेपाल स्काउट राष्ट्रिय युवा परिषदको बार्षिक साधारण सभा आयोजना गरेका छौं । गत त्रैमासीकमै सम्पन्न हुनुपर्ने विपद् व्यवस्थापन तालिम गत २२ गतेबाट पोखरामा संचालन भई भोली समापन हुँदैछ । पहिलो पटक स्काउटको महिला विभागको राष्ट्रिय भेला निकट भविष्यमानै आयोजनाको तयारी थालिएको छ । मुख्य समस्याको रुपमा रहेको ऐन संसोधनका लागि सातै प्रदेशमा सुझाव संकलन कार्य चैत्र महिना भित्र समापन गरि संसदको आगामी अधिवेशनबाट नयाँ ऐन प्राप्त गर्न पहलकदमी सुरु भईसकेको छ । निकट भविष्यमा नै विश्व स्काउटको उच्च स्तरीय टोलीले नेपालको भ्रमण गरि यहाँ सृजीत समस्याको समाधानका लागि सरोकारवालाहरु संग भेट गर्ने कार्यक्रम तय भएको छ । विगत एक वर्ष देखी खाली लैनचौर स्थीत हाम्रा ३ वटा भवनहरु भडामा लगाउन गत मिति २०८११।११।०९ मा नै बोलपत्रको सुचना प्रकाशित भइसकेको छ । रोकिएर बसेको परियोजनाहरु दु्रत गतिमा सुचारु भएकबा छन् । नयाँ साझेदारीका लागि पहलहरु सुरु गरिएका छन् । आगामि जुनमा विश्व स्काउट संगको सहकार्यमा मेन्टल हेल्थ संग सम्बन्धित एशिया प्रशान्त क्षेत्रीय कार्यशाला आयोजना गर्ने कार्यक्रम तय भएको छ । नयाँ नेतृत्व आए संगै स्थानिय र प्रदेश तहमा पनि नयाँ उल्लास भरिएको छ । यो युद्ध स्तरको कामको निरन्तरतामा हालको नेतृत्व सक्रियताका साथ लाग्ने कुरा सम्पुर्ण सरोकारवालाहरुमा जानकारी गराउन चाहान्छौं ।
यसै विच केही अराजक तत्वहरु नेपाल स्काउटको वदनाम गर्ने उद्देश्यका साथ लागि परेको हामीले सुचना प्राप्त गरेका छौं । स्काउटको आधिकारीक सदस्य नै नरहेका स्काउट इकाइ संचालन नगर्ने, स्काउटमा कुनै योगदान नपुराएका केही कथीत मानिसका झुण्डहरुले प्रमुख स्काउट र नेतृत्वहरुको नाम जोडेर कपोकल्पीत भ्रामक प्रचार गरि वदनाम गर्ने दुष्प्रयास गरेको प्रति नेपाल स्काउटको गम्भीर ध्यानार्कषण भएको छ । आफ्नो व्यक्तीगत स्वार्थ पुरा नभएकै कारणले गर्दा यस्तो निच हर्कतमा उत्रिने त्यस्ता व्यक्तीहरु कदापी स्काउट हुन सक्दैनन् तसर्थ यी र यस्ता व्यक्तीको भ्रमबाट मुक्त हुन समेत हामी सच्चा स्काउट र आम नागरिकलाई अनुरोध गर्न चहान्छौं ।
स्काउट अव नयाँ गतिमा अघि बढ्नेछ, नयाँ नेतृत्वले स्काउटको भिजन २०३२ लाई सफल पार्न प्रतिबद्ध भई लागि पर्नेछ । तसर्थ यस महाअभियानमा साथ दिन हामी सम्पुर्णमा अनुरोध गर्दछौं ।
धन्यवाद । जय स्काउट ।
मिति २०८१।११।२६