News 24 Television
पाँचौं मेचीनगर गोल्डकपमा आज धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै 

झापा । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । धरान एफसी सुनसरीले दोस्रो प्रतियोगितामा खेल्न नेपाल आएको विदेशी टिम उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दैछ ।

व्ल्याक बुल्स एफसी यसअघि आहारारा पोखरा गोल्डकप खेल्न नेपाल आएको थियो । नेपालमा खेलेको पहिलो पटक नै उसले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको उपाधि समेत जित्न सफल भएको थियो ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करण काँकरभिट्टा खेलमैदानमा दिउँसो २स्३० बजेबाट सेमिफाइनल प्रवेशका लागि हुने खेलमा बहुप्रतिक्षित उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी र धरान एफसी बिच रोमाञ्चक भिड्न्त हुने छ । 
काठमाडौं । आजको खेल जित्दै दुवै टिमले अन्तिम चारमा फाइनल प्रवेशिका लागि यसअघि उद्घाटन खेल जितेको आयोजक संगको भेट पक्का गर्ने दाउमा हुनेछन् ।

आइतबार भएको खेलमा नेपाल सुपर लिग (एनएसएल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । 

चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । 

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।

झापा जिल्ला फुटबल संघ र मेचीनगर नगर खेलकुद विकास समितिको प्राविधिक सहयोग रहेको प्रतियोगिताको संरक्षकमा मेचीनगर नगरपालिका संरक्षक तथा मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update