News 24 Television
पूर्वराजाको चुनौती चिर्न तयार गणतन्त्रवादी दलहरु, मुडभेदकै खतरा !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको बढ्दो सक्रियता र उनको समर्थनप्रति लहड थपिइरहँदा गणतन्त्रवादी दलहरु मुख खोल्न बाध्य बनेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिएको अभिव्यक्ति पछि उनको सक्रियता पनि बढेको छ । पूर्वराजाको काउण्टर जवाफमा गणतन्त्रवादी नेताहरु मैदान उत्रिएका छन् । उता ज्ञानेन्द्रकै देश जोगाउने अभिव्यक्तिले भने राप्रपा उत्साहीत देखिन्छ । 

राप्रपाले पूर्वराजाको काठमाडौं आगमनलाई समेत भव्य बनाउँदै नारा र जुलुसले स्वागत गर्दै आफ्नो उपस्थितिलाई बलियो बनाउने राणनीति लिएको छ । जसले गणतन्त्रवादी दलहरुलाई भने चुनौती थपेको छ । राप्रपा र राजावादी दलरुको यो रणनीतिले भने वर्तमान अवस्थामा सत्त्ता हाँकीरहेका दलहरुदेखि प्रतिपक्षी दलसमेत अत्तालिने अवस्थामा पुगेका छन् । 

राजावादीविरुद्ध नेताहरु एकजुट !

पूर्वराजाको भिडियो बक्तव्यपछि राजसंस्थाविरुद्ध दलहरु आक्रामक बनेका  छन् । यस्तो अवस्थामा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले नै पूर्वराजामाथि चुनौतिपूर्ण अभिव्यक्ति दिइरहेका छन् । उनीहरु राजतन्त्रात्मक व्यवस्था फर्कन असम्भव रहेको बताएउँदै खिल्लीको भाषा बालिरहेका देखिन्छन् । मुख्यतः नेपाली काँग्रेसले गाणतन्त्रको विकल्प सुदृढ गणतन्त्र बन्ने । तर राजतन्त्र बन्न नसक्ने जिकिर गरिरहेको छ । 

उता नेकपा एमालेले पनि पूर्वराजालाई चुनावी प्रतिस्पर्धामा आएर चुनाव जित्न चुनौति दिइरहेको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजालाई वर्तमान व्यवस्था अनुसार नै चुनावी प्रतिस्पर्धाबाट सत्तामा आएर देखाउन चेतावनी दिइरहेका छन् ।  

दलहरुले लगातार पूर्वराजालाई चुनावी प्रतिपर्धामा आउन चुनौती दिइरहँदा माओवादी अध्यक्ष प्रचण्डले भने पछिल्लो समय यही अभिव्यक्तिलाई दोहोर्यान थालेका छन् । त्यसअघि प्रचण्डले पूर्वराजालाई इतिहाँसको रछ्यानमा मिल्क्याइएका तत्वले पनि दिवा सपना देखेको टिप्पणी गरेका थिए । 

पूर्वराजको भिडियो बक्तव्य र बढ्दो सक्रियताले दलहरुमा बेचैन छाएको प्रष्ट छ । उता राप्रपाले पनि ज्ञानेन्द्र शाहको महिमा बढाउँदै सडक र सदनबाटै तीव्र दवाव सृजना गर्दा गणतन्त्रवादी दलहरु रक्षात्मक बन्नुपर्ने स्थिति सृजना भइरहेका छन् । मुख्यतः मुलुकमा छाएको कुशासन, वेथिति र बढ्दो दण्डाहीनताले मुलुकमा वर्तमान व्यवस्थाकै विकल्प खोजी भइरहेका हुन् । तर यसरी गणतन्त्रवादी र राजतन्त्रवादीबीचको बढ्दो तिक्तता र तनावले दुई पक्षबीच मुडभेदकै सृजना हुनसक्ने खतरासमेत पैदा भइरहेका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update